Comments Add Comment

कुखुराका कति मोटा खुट्टा ?

के तपाइँले अहिलेसम्म झण्डै मान्छेकै जत्रा मोटा खुट्टा भएको कुखुरा देख्नुभएको छ ? खुट्टाको मात्र के कुरा, जब यो कुखुराको वजन थाहा पाउनुहुन्छ, तब तपाइँकाे सातो जानेवाला छ ।

हो, भियतनाममा पाइन्छ यो विशेष जातको कुखुरा । यसलाई डंग टाओ नश्ल भनिन्छ । यसमा पोथी सेतो रंगको हुन्छ भने भाले विभिन्न रंगमा पाइन्छन् ।

जिउडाल अन्य कुखुराकै जस्तो भए पनि यो कुखुराको जिउको वजन तथा शरीरका अंगहरुको आकार चाहिँ असामान्य नै लाग्दछ । यी कुखुराको तौल न्यूनतम पनि ६ किलो हुन्छ । कुखुराको खुट्टा मान्छेकै जस्तो मोटा हुन्छन् ।

जिउडाल र खुट्टासमेत भिमकाय हुने भएकाले यो जातका कुखुरालाई ड्रागन कुखुरा पनि भनिन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment