Comments Add Comment

सामसुङले ल्याउँदैछ ग्यालेक्सी एस ९, यस्ता हुनेछन् फिचर

सामसुङले एस सेरिजको नयाँ प्रिमियम स्मार्टफोन ‘ग्यालेक्सी एस ९’ यसै महिना सार्वजनिक गर्ने भएको छ ।

सामसुङले हरेक बर्ष फेब्रुअरीमा एस सेरिजका स्मार्टफोन सार्वजनिक गर्दै आएकोमा यसपटक ग्यालेक्सी एस ८ को अपग्रेडेड भर्सन एस ९ सार्वजनिक गर्न लागेको हो ।

कम्पनीले मिडिया हाउसहरुमा पठाएको निमन्त्रणा पत्रमा ‘९’ उल्लेख गरिएको छ, जसले गर्दा सहज अनुमान गर्न सकिन्छ कि उसले ‘ग्यालेक्सी एस ९’ सार्वजनिक गर्दै छ । यद्यपी कम्पनीले यसको नामबारे आधिकारिक रुपमा बताएको छैन ।

तर, हालै सार्वजनिक भएको एक भिडियोमा यसको रिलिज डेट, यसका फिचर र फोनको साइजबारे उल्लेख गरिएको छ ।

उक्त भिडियो अनुसार फेब्रुअरी २५ तारिखमा नयाँ फोन सार्वजनिक हुँदै छ । स्पेनको बार्सिलोमा हुने मोवाइल वर्ल्ड कंग्रेसमा सार्वजनिक गर्न लागेको हो ।

तर यो ग्राहकको हातमा कहिले आइपुग्छ भन्ने यकिन छैन । यद्यपी मार्च १ देखि अगि्रम बुकिङ खुला हुने र मार्चको मध्यदेखि ग्राहकको हातमा पुग्ने सञ्चारमाध्यमहरुको दावी छ ।

यस्ता हुनेछन् फिचर

ग्यालेक्सी एस ९ मा डिस्प्ले साइज ५.८ इन्च रहेको छ भने र्‍याम ४ जिबी, स्टोरेज ६४ र १२८ जिबीमा उपलब्ध छ । फ्रन्ट क्यामेरा ८ मेगापिक्सेल र रियर क्यामेरा १२ मेगा पिक्सलको रहने छ । यसमा वायरलेस चार्जिङ, वाटरप्रुफ र फिंगर प्रिन्ट स्क्यानर जस्ता बिशेषता पनि छन् ।

यसको अनुमानित मूल्य ७२५ अमेरिकी डलर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment