Comments Add Comment

सलमान र कबीर खानबीच किन मित्रताको फ्युज उड्यो ?

सलमान खान र कबिर खानबीच गहिरो मित्रता थियो । यहि घनिष्ठता रहँदा उनीहरुले केहि फिल्म बनाए, जो ब्लकबस्टर रह्यो ।

यशराज फिल्म्स्को ब्यानरमा ‘एक था टाइगर’ बनाए । फिल्म सुपरहिट भयो । दोस्रो फिल्म बनाए, ‘बजरंगी भाइजान’ । यसले पनि उनीहरुको सफलताको ग्राफ उकासिदियो । भनौं, सलमान र कबिरको दोस्ती फलिफापसिद्ध भयो ।

तर, यो मित्रतामा चिसोपन त्यहीबेला आयो, जब फिल्म ‘ट्युबलाइट’को फ्युज जल्यो । ‘बजरंगी भाइजान’को सफलताले हौसिएर निर्देशक कबिर खानले ‘ट्युबलाइट’ बनाए । अघिल्लो फिल्मको गुडविललाई क्यास गर्न बनाइएको फिल्ममा उनले जति मिहेनत गर्नुपर्ने थियो, गरेनन् । हतारमा बनाएको फिल्मले हलमा हावा खायो ।

बाहिर हल्ला के छ भने, ‘ट्युबलाइट’ चम्कन नसकेपछि सलमान र करिबरको मित्रताको फ्युज पनि उडेको हो । त्यसो त फिल्म छायांकनकै क्रममा दुबैबीच मतभेत सुरु भएको चर्चा पनि छ । पछि कबिरलाई यहि बिषयमा प्रश्न सोधियो । उनले हाँसरे टारिदिए ।

तर, ‘एक था टाइगर’को सिक्वेल भनिएको ‘टाइगर जिन्दा है’मा जब कबिर आउट भए, तब उनीहरुबीच मित्रता नभएको प्रष्ट भयो । अहिले सलमान कबिरलाई छाडेर  अली अब्बास जाफरसँग सहकार्य गरिरहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment