Comments Add Comment

भूकम्पपछि नम्कीमा बन्यो नमुना होमस्टे

१९ माघ, गोरखा । अजिरकोट गाउँपालिका नम्कीका वासिन्दाले भूकम्पमा घर भत्किएपछि हालै नयाँ बनाएका छन् । नयाँ घर बनाउँदा उनीहरुले केही कोठा गाउँ घुम्न आउने पर्यटकका लागि छुट्याएका छन् ।

तामाङ समुदायको बसोबास रहेको यो गाउँमा आएका पर्यटकहरु स्थानीय वासिन्दाको स्वागतमा लोभिन्छन् । न्यानो अतिथ्यसँगै उनीहरुको मौलिक संस्कृतिले गर्दा नम्की होमस्टे पर्यटकको रोजाइ बन्न थालेको छ ।

यस बस्तीमा करीब १२ घरधुरी छन् । भूकम्पपछि पुनर्निर्माण भएका घरहरु एकनाश रुपमा निलो जस्ताले छाइएको छ । हिमालको फेदमा देखिने निलो जस्तापाताले छाएका एकनासे घरहरुले गाउँको सौन्दर्य थपिएको छ । गाउँको बाहिरी सौन्दर्यता जति छ त्यो भन्दा कम छैन पाहुनाले पाउने स्वागत सत्कार ।

लोकल कुखुरा, ढिडो र मकै/भटमासको स्वाद जिव्रोमा गडेर बस्ने गर्छ । पाहुनाको इच्छा अनुसार गाउँको लोकल रक्सी पनि चाख्न दिन्छन् । पर्यटकलाई आफ्नै खेतबारीमा फलेको खानेकुरा खुवाउँछन् ।

१२ घरधुरीमा सञ्चालित होमस्टेमा एक पटकमा २० जना पाहुनाराख्न सकिने स्थानीय मिरा तामाङ बताउछिन् । एक घरमा दुई जना बस्न मिल्ने उनको भनाइ छ । होमस्टे संचालन सँगै आयआर्जनमा वृद्धि भएको स्थानीयहरु बताउँछन् । भूकम्पले अस्तव्यस्त भएको ठाउँमा होमस्टे सञ्चालन गर्न स्थानीयस्तरमा काम गरिरहेको गैर सरकारी संस्थाले १५ दिने तालिम प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment