Comments Add Comment

सुष्मा स्वराजले ओलीलाई मोदीको सन्देश सुनाउनुभयो : राजन भट्टराई

१९ माघ, काठमाडौं । नेकपा एमालेका नेता राजन भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउन नेपाल आएको बताएका छन् । शुक्रबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा उनले अब बन्ने सरकारलाई भारतको सहयोग रहने सन्देश दिन स्वराज आएको बताएका हुन् ।

‘हाम्रो अध्यक्षसहितको सामुहिक भेटवार्तामा उहाँले भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाउनुभयो, आउने सरकारसँग अत्यन्तै सुमधुर सम्बन्ध राख्ने र सहकार्य गर्ने भन्नुयो, यीनै विषयमा कुराकानी भएका हुन्’ बिहीबारको भेटवार्तामासमेत सहभागी नेता भट्टराईले भने ।

निर्वाचनमा वाम गठबन्धनले सफलता पाएपछि भारतीय प्रधानमन्त्री मोदीले बधाई दिने चाहनालाई एमाले अध्यक्ष ओलीले स्वीकार गरेपछि विदेशमन्त्री स्वराज नेपाल आएको उनले बताए ।

‘नेपालमा तीन तहको निर्वाचन सम्पन्न भएपछि र वाम गठबन्धनले सफलता पाएपछि औपचारिक रुपमा बधाई दिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाहना भएकोले विदेशमन्त्री आउनु भएको हो, हाम्रो अध्यक्ष केपी शर्मा ओलीले पनि मोदीको उक्त चाहनालाई स्वीकार गर्नुभएको हो ।’

मोदीले नेपालमा अब बन्ने सरकार र यसको नेतृत्व गर्ने एमाले अध्यक्ष ओलीसँग सहकार्य गर्न तयार रहेको भन्नुले नै द्विपक्षीय सम्बन्ध कस्तो छ भनेर बुझ्न सकिने भट्टराईले बताए । ‘हाम्रो अध्यक्षसँगको टेलिफोनवार्तामा पनि मोदीले सहकार्य र सहयोग गर्ने भन्नुभएको छ, हामीले पनि सहयोग लिनुपर्छ, भारत लगायत अन्य मित्रराष्ट्रहरुसँग हामीले समान खाले सम्बन्ध राखेर अघि बढ्छौं ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले भारतीय विदेशमन्त्री स्वराजको नेपाल आगमन स्वभाविक भएको बताए । उनले आफ्नो पनि स्वराजसँग भेट भएको उल्लेख गर्दै राजनीतिक कुरा भने नभएको बताए । ‘हाम्रो पारिवारिक सम्बन्ध छ, राम्रो सम्बन्ध छ, त्यसैले हिजोको भेटमा राजनीतिक कुराभन्दा पनि पारिवारिक कुरा भयो ।’

राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले स्वराजको भ्रमणले आफूहरु सरकारमा जाने  वा नजाने विषयमा कुनै प्रभाव नपार्ने बताए । ‘सुष्माजी आएपछि हामी सरकारमा जान्छौं भन्ने अनुमान विल्कुल गलत हो, सुष्माजी आए पनि वा नआएपनि हाम्रो एकमात्रै जुन विषयलाई लिएर विगतमा हामी ६/६ महिना आन्दोलन गर्‍यौं, जुन आन्दोलनलाई मधेसी, थारु, जनजातिले पत्याए, जसको प्रतफलबाट आज हामी राष्ट्रिय पार्टी बन्यौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment