+
+

तुलानारायण भन्छन्- मधेसवादीले संविधान स्वीकारे, अब समृद्धिको चरण

मधेसमा नेपालीभाषी पहाडेलाई पनि सम्मान गर्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २१ गते १७:१६

२१ माघ, जनकपुरधाम । मधेस मामिलाका विश्लेषक तुलनारायण साहले मधेसवादी दलले संविधान स्वीकार गरिसकेकाले अब समृद्ध मधेस प्रदेशका लागि सबैसँग हातेमालो गर्नुपर्ने बताएका छन् ।

प्रदेश २ को पहिलो प्रदेशसभा बैठकको अवलोकन गर्न जनकपुरधाम पुगेका साहले अनलाइनखबरसँग फेसबुक लाइभमा कुरा गर्दै अब मधेसवादी दलले नभने पनि संविधान स्वीकार गरिसकेको बताए ।

साहले भने- संविधान स्वीकार्य भइसक्यो, अब संघीय संसदमा निर्वाचित भएका मधेसवादी सांसदले थप अधिकारका लागि संघर्ष गर्ने र प्रदेशसभामा निर्वाचित भएकाहरुले सरकार गठन गरेर समृद्ध मधेस निर्माण गर्ने जनादेश पूरा गर्नुपर्छ । मधेस प्रदेश ठगिएको छ, तर पनि स्रोत साधन नभएको होइन ।

मधेस आन्दोलनका बेला एमाले र मधेसवादी दल फरक कित्तामा रहे पनि मधेसी जनताले चुनावमार्फत मधेसवादीलाई सरकार चलाउने र एमालेलाई प्रमुख विपक्षीको हैसियत दिएकाले अब दुबैले मिलेर समृद्ध मधेस प्रदेश बनाउनुपर्ने साहले बताए । उनले भने- ‘हिजो आन्दोलनका बेला फरक थियो, तर जनादेशअनुसार अब मधेसवादी र एमाले चल्नुपर्छ ।’

विश्लेषक साहले मर्यादापालकलाई दौरासुरुवाल लगाउन नदिइएको कुरालाई गलत ढंगले अतिरञ्जना नगर्न आग्रह गरे । उनले भने- ‘दौरासुरुवाल मधेसको पोशाक होइन, आफ्नो पहिचान र भेषभुषाका लागि भएको मधेस आन्दोलनको सम्मान गर्नुपर्छ, सँगसँगै मधेसमा बस्ने नेपालीभाषी पहाडे समुदायको पनि उत्तिकै सम्मान गर्नुपर्छ ।’

साहले प्रदेश २ को सन्दर्भमा अरु के भने त ? हेरौं फेसबुक लाइभ- 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?