+
+

मह जोडीले थप दुई वर्ष सानिमा बैंकको प्रवद्र्धन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २१ गते १७:५५


२१ माघ, काठमाडौं । सानिमा बैंकले बरिष्ठ हास्य कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह) जोडीलाई थप दुई बर्षको लागि ब्राण्ड प्रवद्र्धकका रुपमा निरन्तरता दिने सम्झौता गरेको छ ।

जोडी बिगत ६ बर्ष देखी बैंकको ब्राण्ड प्रवद्र्धकका रुपमा आवद्ध छ । ‘मह’ जोडी तथा बैंकका कार्यकारी प्रमुख भुवन कुमार दाहाल बीच थप दुई बर्ष ब्राण्ड प्रवद्र्धकको लागी सम्झौता पत्र हस्ताक्षर भएको हो ।

 

सम्झौता पत्र हस्ताक्षर समारोहमा ‘मह’ जोडीले सानिमा जस्तो सवल अनि विश्वसनीय बैंकको प्रतिनिधि हुन पाएकोमा खुशी ब्यक्त गरे । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण सानिमा परिवार नै नेपालको प्रतिष्ठित कलाकारसँगको समिप्यतालाई निरन्तरता दिन पाएकोमा गौरवान्वित रहेको बताए ।

उक्त सम्झौता अवधिमा मह जोडी बैंकको विभिन्न प्रवर्धनात्मक क्रियाकलाप जस्तै— टेलिभिजन कमर्सियल (टि.भि.सी), रेडियो जिङ्गल, पत्र–पत्रिका बिज्ञापन, जनमानस समक्ष उपस्थिती जस्ता कार्यमा संलग्न रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?