Comments Add Comment

देवघाट आकर्षक पर्यटकीय साँस्कृतिक गन्तव्य : राष्ट्रपति भण्डारी

२१, माघ, चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले चितवन र तनहुँको संगमस्थलमा रहेको देवघाट क्षेत्र आकर्षक साँस्कृतिक पर्यटकीय गन्तव्य भएको बताएकी छन् ।

गलेश्वर आश्रम देवघाटले आइतबार तनहुँको देवघाटमा आयोजना गरेको धनधान्याञ्चल महायज्ञ र नर्मदेश्वर शिव मन्दिरको उद्घाटन गर्दै उनले देवघाटमा भौतिक पूर्वाधार विकास गरी पर्यटक आकषिर्त गर्नुपर्ने बताइन् ।

देवघाटका मठ मन्दिर अमूल्य सांस्कृतिक धरोहर रहेको भन्दै उनले यो ठाउँलाई देवता र क्रृषिमुनिहरुको तपोभूमिको रुपमा चित्रण गरिन् ।

धर्म, शान्ति र भातृत्वमा विश्वास गर्ने सबैका लागि महत्वपूर्ण केन्द्रको रुपमा देवघाटलाई प्रवर्द्धन गर्नु आवश्यक रहेको राष्ट्रपति भण्डारीले धारणा राखिन् ।

तनहुँ क्षेत्र नं. १ का सांसद कृष्णकुमार श्रेष्ठले देवघाट क्षेत्रलाई हिन्दू अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए ।

आइतबार शुरु भई फागुन २ गतेसम्म चल्ने महायज्ञमा विभिन्न अनुष्ठान हुनेछन् । अतिरुऽी, लक्ष्यहवन, १०८ श्रीमद्भागवत महापुराण, शिवपुराण लगायतका महत्वपूर्ण अनुष्ठान हुने आयोजकले जानकारी दिएको छ ।

महायज्ञबाट संकलन भएको रकम गलेश्वर आश्रमले निर्माण गरेका वेद वेदाङ्ग विद्यालयको स्तरोन्नति, स्थायी अन्न क्षेत्रको विकास, अति बृद्ध बृद्धाहरुको सेवा केन्ऽ स्थापना लगायतमा खर्च गर्ने आयोजकको योजना छ ।

गलेश्वर आश्रमले आफ्नो परिसरमा करिब नौ करोड रुपैयाँको लगानीमा मन्दिर निर्माण गरेको छ । देवघाटधाम क्षेत्रको सबैभन्दा ठूलो मन्दिर नजिकै पाँच सय जना अट्न सक्ने धर्मशाला निर्माण गरिएको छ ।

धर्मशाला दुई करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment