+
+

‘कृ’को ‘मैले जानी नजानी’ गीतको भिडियो रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २२ गते १५:४५


नायक अनमोल केसी र नायिका अदिती वुढाथोकीलाई फिचरिङ गरिएको चलचित्र ‘कृ’मा समावेश ‘मैले जानी नजानी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा नायक केसी र नायिका वुढाथोकी उपस्थित थिए । यो गीतमा अनमोल र अदिती रोमान्टिक देखिएका छन् ।

स्कटल्याण्डमा खिचिएको गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । माघ २६ गतेबाट रिलिज हुन लागेको चलचित्रको यो गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । गीतको भिडियोमा विक्रम लामा र एन्जिलिना खत्रीको कोरियोग्राफी छ । नायक केसीले यो गीतको भिडियोबाट आफू निकै सन्तुष्ट भएको बताए ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता ब्यानर द सुपर काजोल फिल्मस् हो । सुवास गिरी र भूवन केसीले यो चलचित्रको निर्माण गरेका हुन् । चलचित्रको निर्देशन सुरेन्द्र पौडेलले गरेका हुन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् । चलचित्रको यो गीतको भिडियोमा स्कटल्याण्डको लोकेशनसँगै अनमोल र अदितीको केमेष्ट्री पनि गज्जबको देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?