Comments Add Comment

धुर्मुसको सिन काटिएपछि ‘भद्रगोल’ भित्र भद्रगोल, प्रशारण अनिश्चित

फाइल फोटो

२२ माघ, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य टेलिश्रृंखला ‘भद्रगोल’ अघिल्लो एपिसोडमा धुर्मुस-सुन्तलीद्वारा नवनिर्मित सन्तपुर बस्तीलाई देखाइएको थियो । उक्त एपिसोडमा धुर्मुस स्वयंले पनि छोटो अभिनय गरेका थिए ।

तर, धुर्मुसले अभिनय गरेको दृश्य मिडिया हब (भद्रगोल उत्पादन गर्ने संस्था) ले काटिदियो । यसबाट भद्रगोलका निर्देशकद्वय अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) नराम्ररी बिच्किएका छन् । घिमिरेले त फेसबुकमा स्टाटस लेखेर भद्रगोल बन्द हुने घोषणा नै गरेका थिए । यद्यपि पछि त्यो स्टाटस हटाए ।

पछिल्लो समय आफूहरुले सामाजिक सन्देशसमेत दिने खालको कथालाई प्राथमिकता दिएको र यसै सिलसिलामा धुर्मुसको सामाजिक कामलाई प्रोत्साहन गर्न सो विषय छनोट गरेको जिग्रीले अनलाइनखबरसँग बताए ।

‘तर, उहाँहरुबीच के खटपट थियो कुन्नि, धुर्मुस दाइले अभिनय गरेको सिनमात्रै काटिएन, उहाँको नाम आएको सबै दृृश्य काटियो,’ उनले अनलाइनखबरसँग भने । यसले गर्दा कथा नै अस्पष्ट बनेको उनको गुनासो छ ।

मिडिया हबका सञ्चालक सोम धितालसँग यस विषयमा बुझ्दा उनले अनभिज्ञता प्रकट गरे । ‘दृश्य सम्पादन गर्ने हाम्रो अधिकार हो, कुनै दृश्य चित्तबुझ्दो लागेन भने काट्न सकिन्छ,’ उनले भने, ‘तर, अघिल्लो साता म काठमाडौं बाहिर भएको हुँदा कुन दृश्य काटियो भन्ने मलाई थाहा भएन ।’

नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य टेलिश्रृङ्खला ‘भद्रगोल’ अघिल्लो एपिसोडमा धुर्मुस-सुन्तलीद्वारा नवनिर्मित सन्तपुर बस्तीलाई देखाइएको थियो । उक्त एपिसोडमा धुर्मुस स्वयंले पनि छोटो अभिनय गरेका थिए । तर उक्त दृश्य काटियो ।

‘तर, उहाँहरुबीच के खटपट थियो कुन्नि, धुर्मुस दाइले अभिनय गरेको सिनमात्रै काटिएन, उहाँको नाम आएको सबै दृृश्य काटियो,’ उनले अनलाइनखबरसँग भने । यसले गर्दा कथा नै अस्पष्ट बनेको उनको गुनासो छ ।

उनले धुर्मुस पनि मिडिया हबकै उत्पादन भएको भन्दै उनले अभिनय गरेको दृश्य काट्ने नियत नरहेको दावी गरे । ‘उहाँले अभिनय गर्नु त हाम्रो लागि प्लस प्वाइन्ट हो, किन काटिएको रहेछ मैले बुझ्नुपर्छ,’ उनले भने ।

धुर्मुसले मिडिया हवको हास्य कार्यक्रम मेरी बास्सैको निर्देशन गर्दै आएका थिए । तर, केही समययता उनी श्रृङ्खलामा प्रत्यक्ष संलग्न छैनन् ।

पैसाको पुरानै समस्या

निर्देशकद्वय घिमिरे र कट्टेलले मिडिया हबले आफूहरुलाई पैसा नदिएर पनि दुख दिइरहेको गुनासो गरेका छन् । भद्रगोल प्रशारणको सुरुदेखि नै आर्थिक समस्यामा परेर पटक-पटक बन्द हुँदै, चल्दै आएको छ ।

कट्टेलले १ सय ३० एपिसोडसम्म आफूहरुले बिना पारिश्रमिक काम गरेको काम गरेको दावी गरे । त्यसबेलासम्म यसको आर्थिक पाटो सुवास कार्कीले हेर्ने गर्थे । मिडिया हबको धितालले भने १ सय ३० एपिसोडसम्मको लगभग सबै भुक्तानी आफूले कार्कीलाई गरिसकेको बताए ।

‘हामीले उहाँ (कार्की) लाई भुक्तानी गरिसकेका छौं, कलाकारहरुलाई पैसा दिने जिम्मेवारी हाम्रो होइन उहाँको हो,’ उनले भने ।

१ सय ३१ औं एपिसोडदेखि मिडिया हबले घिमिरे र कट्टेलले भद्रगोल जिम्मा दिएको थियो । आफूहरुले लिएपछि पनि केही एपिसोडको पैसा मिडिया हबले दिन बाँकी रहेको कट्टेलले बताए ।

यस विषयमा प्रश्न गर्दा मिडिया हबका धितालले ९ लाख ३६ हजार रुपैयाँ आफूहरुले दिन बाँकी रहेको स्वीकार गरे । मिडिया हबले भद्रगोलको एउटा एपिसोडको १ लाख ५ हजार प्लस १५ प्रतिशत भ्याट दिनेगरी सम्झौता गरेको छ ।

बन्द हुन्छ कि हुँदैन ?

मिडिया हबका धितालले कुनै पनि हालतमा भद्रगोल बन्द नहुने दावी गरेका छन् । पछिल्लो पटक आफूले निर्देशक घिमिरेसँग छलफल गरेर सहमतिका पुगिसकेको र शुक्रबार नियमितरुपमा भद्रगोल प्रशारण हुने उनको भनाइ छ ।

निर्देशक घिमिरेले भने भद्रगोलको प्रशारण अनिश्चित नै रहेको बताएका छन् । उनले भने, ‘मिडिया हबसँग हाम्रो छलफल भएको छ । उहाँहरुले हाम्रो गुनासोलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँहरुले प्रतिवद्धता पालना गर्नुभयो भने प्रशारण हुन्छ, नत्र हुँदैन ।’ उनले अहिलेसम्मको बाँकी पैसा पाएको खण्डमा आफूहरुले नियमित काम गर्ने संकेत गरे ।

धितालले भने कथंकदाचित घिमिरेको टिमले काम नगरेको अवस्थामा पनि भद्रगोल बन्द नहुने उल्लेख गरे ।

१ सय ३१ औं एपिसोडदेखि मिडिया हबले घिमिरे र कट्टेलले भद्रगोल जिम्मा दिएको थियो । आफूहरुले लिएपछि पनि केही एपिसोडको पैसा मिडिया हबले दिन बाँकी रहेको निर्देशक कट्टेलले बताए ।

‘भद्रगोल हाम्रो कार्यक्रम हो, उहाँहरुले छोडे अरु कलाकारलाई लिएर भए पनि निरन्तरता दिनेछौं,’ उनले भने ।

मिडिया हबले नेपाल टेलिभिजनबाट भद्रगोलसहित चार वटा हास्य टेलिश्रृङ्खला प्रशारण गर्दै आएको छ । ‘मेरी बास्सै’ लामो समयदेखि प्रशारण हुँदै आएको छ भने जिरे खुर्शानी केही समय बन्द भएर फेरि प्रशारण हुन थालेको छ ।

यसैगरी नयाँ श्रृङ्खलाका रुपमा ‘ब्रेक फेल’ पनि केही समयदेखि सुरु भएको छ र लोकप्रियता हासिल गरिरहेको छ । लामो समयसम्म प्रशारण भएको तीतो सत्य भने पैसाकै समस्याका कारण केही समय अगाडि बन्द भएको थियो ।

मिडिया हबले अहिले भद्रगोललाई प्रति एपिसोड एक लाख पाँच हजार प्लस भ्याट, मेरी बास्सैलाई एक लाख २० हजार प्लस भ्याट, जिरे खुर्सानीलाई एक लाख २० हजार प्लस भ्याट र ब्रेक फेललाई एक लाख प्लस भ्याट दिने गरी सम्झौता गरेको छ । उसले नेपाल टेलिभिजनलाई प्रति एपिसोड दुई लाख ७६ हजार ५ सय ५० रुपैयाँ बुझाउनु पर्छ । यसरी दुवै तर्फको कुल खर्च ४ लाखको हाराहारीमा छ ।

गत वर्षदेखि लोडसेडिङ हटेपछि मिडिया हबको ब्यापार केही सुधारिएको धितालले जानकारी दिए । मेरी बास्सै, जिरे खुर्सानी र भद्रगोलको व्यापार सन्तोषजनक रहेको तर, ब्रेक फेलमा केही दबाब रहेको उनले सुनाए ।

‘लोडसेडिङ, नाकाबन्दी र भूकम्प जस्ता कारणहरुले कुनै समय हामी चरम संकटमा थियौं, अहिले विस्तारै सम्हालिदै छौं,’ उनले भने ।

मिडिया हबले हास्यकलाकारहरुको उत्पादन र संरक्षणमा लामो समयदेखि योगदान दिँदै आएको भए पनि कलाकार र मिडियाले यसको कदर नगरेको धितालको गुनासो छ ।

‘कहिलेकाहीँ हामी पनि आर्थिक समस्यामा हुन्छौं, त्यसैले पैसा दिन ढिला हुन्छ,’ उनले भने, ‘यो कुरा सबैले बुझिदिनुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment