Comments Add Comment

साझाले ल्यायो नेपालकै महंगो ‘सेमी लो फ्लोर’ सिटी बस


२२ माघ, काठमाडौं । साझा यातायातले शहरी सार्वजनिक यातायातका लागि नेपालकै पहिलो सेमी लो-फ्लोर (ज्यान) काठमाडौं ल्याएको छ । यो नेपालको सार्वजनिक यातायातमै सबैभन्दा महंगो र स्तरीय बस भएको छ ।

भारतीय कम्पनी अशोक ले-ल्याण्डले तयार गरेको बस भारतबाट सोमबार काठमाडौं ल्याइएको हो । अब यो बस रूट पर्मिट लिएर सञ्चालनमा अाउनेछ ।

साझाले एउटा सेमी-लो फ्लोर बससहित २० वटा सिटी बस र ल्याउन लागेको छ । यो बस झण्डै ३५ लाखमा किनिएको साझा यातायातले जनाएको छ ।

बस ल्याउन काठमाडौं महानगरले पाँच करोड र ललितपुर महानगरले एक करोड रुपैयाँको दिएका थिए ।

यसअघि काठमाडौं महानगरले १० करोड दिएपछि साझाले ३० वटा बस भित्र्याएको थियो, जुन काठमाडौंका विभिन्न रुटमा चलिरहेका छन् ।

साझाले यसपटक एउटा विशेष किसिमको शहरी बस किनेर काठमाडौं उपत्यकामा परीक्षण गर्ने योजना पनि बनाएको छ । लो फ्लोरको ग्राउण्ड क्लेयरेन्स एकदमै कम हुन्छ ।

यो बस बाँसबारीदेखि पाटनसम्मको अस्पताल क्षेत्रलाई लक्षित गर्दै सञ्चालनमा ल्याउने योजना रहेको साझाकाम निमित्त कार्यकारी अधिकृत (सीईओ) महेन्द्रराज पाण्डेयले अनलाइनखबरलाई जानकारी दिए ।

‘यो बसमा अशक्त, अपांग र बिरामीलाई चढ्न ओर्लन सजिलो हुन्छ, त्यसैले न्युरो अस्पतालबाट छुटाएर टिचिङ, कान्ति, वीर अस्पताल अल्का हुँदै पाटन अस्पतालसम्म यसले सेवा दिने योजना छ,’ पाण्डेयले भने ।


यो बस एकदमै मिलेको र सम्म सडकमा मात्र यो बस चल्छ । यो बस सामान्यभन्दा बढी महंगो हुन्छ ।

यो बसमा चढ्न र ओर्लन अपांगता भएका तथा अशक्त बिरामीहरुलाई विशेष लिफ्टको जरुरत पर्ने छैन । यो बस सुविधासम्पन्न र उत्तिकै आरामदायी पनि हुन्छ । यो खाल्डाखुल्डी कम भएका सडकमा मात्रै गुडाउन मिल्छ ।





तस्वीर: विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment