Comments Add Comment

संसदले पास गर्यो ‘जनताले गल्ती गर्न पाउने’ कानून !

फ्रान्सका सांसदहरुले एउटा नयाँ कानूनमा रहेको महत्त्वपूर्ण धारा पारित गरेका छन् जसले नागरिकलाई गल्ती गर्न पाउने हक प्रदान गरेको छ ।

उक्त प्रावधान अनुसार जनताले सरकारी मामिलामा गल्ती गर्न पाउनेछन् र गल्ती गरेकै आधारमा सजायको भागीदार हुनुपर्ने छैन ।

फ्रेन्च सदन नेशनल एसेम्बलीमा मंगलबार ध्वनि मतले उक्त कानून पारित भएको हो ।

विश्वसनीय समुदायको सेवामा राज्य नामक उक्त कानूनको कोेशेढुंगाको रुपमा उक्त धारालाई लिइएको छ ।

राष्ट्रपति इमानुयल म्याक्रोनले चुनावी प्रचारका दौरान व्यक्त गरेको प्रतिबद्धता मध्येको एउटा हो, यो कानून । जसअनुसार असल नियतले गरेको पहिलो गल्तीका लागि कुनै पनि नागरिक दण्डित हुनुपदैन ।

तर असल नियतले गरे नगरेको भन्ने निधो गर्ने अधिकार भने प्रशासनमै रहनेछ ।

सांसदहरुले यो कानून शासन र जनताबीचको सम्बन्धमा क्रान्ति भएको बताएका छन् ।

यद्यपि, जनस्वास्थ्य सँग सम्बन्धित लगायतका विषयमा गरिएको गल्ती चाहीँ क्षमायोग्य हुनेछैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment