+
+
Shares

दक्षिण कोरियाले नेपाललाई एक अर्ब रुपैयाँ सहायता दिने

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २३ गते १२:३४

२३ माघ, काठमाडौं । दक्षिण कोरियाले नेपालको एकीकृत ग्रामीण विकास तथा विज्ञान र प्रविधि विकास परियोजनाका लागि करिव एक अर्ब नेपाली रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सीकबीच दक्षिण कोरियाले नेपालको एकीकृत विकास तथा विज्ञान र प्रविधि विकास परियोजनाका लागि करिव १ अर्ब नेपाली रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

मंगलबार अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच सम्पन्न समझदारी पत्रमा सो लगानी कार्यान्वयनको मुख्य भूमिका भने काठमाडौं विश्वविद्यालयले निर्वाह गर्ने उल्लेख गरिएको छ । अर्थ सचिव अधिकारीले दक्षिण कोरिया सरकारले नेपालको शिक्षा, कृषि र स्वास्थ्यको क्षेत्रमा प्राविधिक सहयोग गर्दै आएको स्मरण गराए । त्यस अवसरमा उनले परियोजनालाई सफल बनाउन लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

नेपालका लागि दक्षिण कोरियाका राजदूत सीकले नेपालले अनुसन्धानको क्षेत्रमा उल्लेख्य प्रगति गरोस् भन्ने उद्देश्यका साथ सहयोग आदानप्रदान भइरहेको बताए ।

८ वर्षे यो परियोजनाबाट नेपालको अनुसन्धान र विकास एवम् प्रविधि क्षमतामा विकास हुने विश्वास लिइएको छ । दक्षिण कोरियाले सन् १९९१ देखि नेपाललाई शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा आवश्यक प्राविधिक सहयोग गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?