+
+
Shares

महोत्तरीमा पोखरीमा तैरिरहेको शव निकालियो

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २३ गते १५:१३

२३ माघ, महोत्तरी । जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं १० मा पोखरीमा डुबेर तैरिरहेको अवस्थामा एक पुरुषको शव निकालिएकोे छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लका अनुसार जलेश्वर–१० बस्ने ६० वर्षीय श्रीनारायण मण्डलको शव आफ्नै घर अगाडि रहेको सार्वजनिक पोखरीमा डुबेर तैरिरहेको अवस्थामा फेला परेको हो ।

गएराति अत्यधिक मदिरा सेवन गरी सुतेका मण्डल मध्यरातमा बाहिर निस्केर घर अगाडि रहेको सार्वजनिक पोखरीको डिलमा पिसाब फेर्ने क्रममा  पोखरीमा चिप्लिएर डुबेको अनुमान गरिएको छ ।

प्रहरीले उक्त शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?