+
+

रसुवागढी र सान्जेनले कर्मचारी र ऋणदाताका लागि साढे २ अर्बको सेयर दिँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २४ गते १६:२२

२४ माघ, काठमाडौं । रसुवागढी जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनाले कर्मचारी र सञ्चयकोषका सञ्चयकर्ताका लागि छुट्याएर राखेको सेयर निस्कासन् गर्न लागेका छन् । दुवै आयोजनाले नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड, स्थानीय तहका कर्मचारी र सञ्चयकोषका सञ्चयकर्ताका लागि छुट्याइएको सेयर जारी गर्न लागेका हुन् ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रसुवागढी आयोजनाले कर्मचारीका लागि २४ प्रतिशत सेयर निष्कासन गर्न लागेको हो । सर्वसाधारण समूहका लागि छुट्याएको ४९ प्रतिशतमध्येबाट कर्मचारीलाई मात्रै २४ प्रतिशत सेयर जारी गर्न लागिएको हो ।

विद्युत प्राधिकरणका अनुसार कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत सेयर जारी गर्न लागिएको छ । कम्पनीका संस्थापक संस्थाहरू नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानीय तहका कर्मचारीहरूका लागि ३.५ प्रतिशत तथा कर्मचारी संचयकोषका कर्मचारीहरूका लागि १ प्रतिशत सेयर निष्काशन गर्न लागिएको हो ।

नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह­का कर्मचारीहरूको लागि छुट्याइएको २३ लाख ९४ हजार ७३५ कित्ता र कर्मचारी संचयकोषका कर्मचारीहरूका लागि छुट्याइएको ६ लाख ८४ हजार २१० कित्ता सेयर छुट्टाइएको छ । सेयर आवेदन दिने कर्मचारीले चैत आवेदन ५ गतेदेखि १३ सम्म आवेदन दिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, कर्मचारी संचयकोषका संचयकर्ता कर्मचारीहरूको लागि छुट्याइएका १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयरका लागि भने फागुन ११ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर १ र २ मा निर्माणाधीन आयोजनाको अनुमानित लागत विद्युत खरिद बिक्री सम्झौता (पीपीए) बमोजिम १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

तर भूकम्प, बाढीपहिरो, नाकाबन्दी लगायतका कारण यसको लागत केही बढ्न सक्ने देखिएकेा छ । २०७६ साल पुस १५ देखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखेको यस आयोजनाले अहिलेसम्म ६० प्रतिशत काम सकेको छ ।

त्यस्तै, सान्जेन जलविद्युत आयोजनाले पनि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनी लिमिटेडका कर्मचारीहरूका लागि सेयर निष्कासन् गर्ने तयारी गरेकेा छ । कम्पनीले सर्वसाधारणतर्फ छुट्याएको ४९ प्रतिशत साधारण सेयरमध्ये सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र कर्मचारी सञ्चयकोषका कर्मचारीलाई छुट्याइएको २४ प्रतिशत अर्थात ८७ करोड ६० लाख रुपैयाँ बराबरको सेयर निश्कासन गर्न लागेको हो ।

सञ्चयकर्ताका लागि छुट्याएको ७१ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको सेयरका लागि सञ्चयकर्ताले फागुन ११ देखि ३० गतेसम्म आवेदन दिनुपर्नेछ । नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेडका कर्मचारीका लागि १२ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर छुट्टाइएको छ ।

यसैैगरी, कर्मचारी सञ्चयकोषका कर्मचारीहरूलाई भने ३ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर छुट्याइएको छ ।

सान्जेन जलविद्युत कम्पनी लिमिटेडको अधिकृत पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ र जारी पूँजी तीन अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीमा चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३९.३६ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १०.३६ प्रतिशत, रसुवाका स्थानीय तहको १.२८ प्रतिशत संस्थापक सेयर छ ।

यस कम्पनीले दुई अर्ब २२ करोडमा १४.८ मेगावाटको माथिल्लो सान्जेनको र ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजना पाँच अर्ब २ करोड रुपैयाँमा निर्माण हुँदैछ ।

प्राधिकरणका अनुसार हालसम्म माथिल्लो सान्जेनको ६८ प्रतिशत र सान्जेनको ५८ प्रतिशत काम सकिएको छ ।

माथिल्लो सान्जेनबाट अपि्रल २०१९ बाट विद्युत उत्पादनको लक्ष्य राखिएको छ । सान्जेनको भने २०१९ को जुलाई सम्ममा निर्माण सक्ने गरी काम अघि बढाइएको विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?