+
+

सिरहामा स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १६ गते २०:२७

१६ भदौ, काठमाडौं । सिरहाबाट स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा नं.१७ माडर बस्ने ५२ वर्षीय प्रेमकुमार यादव र वडा नं. ७ हेमनारायण चोक बस्ने ४२ वर्षीय संजयकुमार साह छन् ।

दबैजनलाई शुक्रबार सिरहा नगरपालिका वडा नं. १७ माडर कालीचोक स्थितबाट नियन्त्रणमा लिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार भारतको जयनगरबाट नेपालतर्फ आउदै गरेको बिआर ७ सि ४२२४ नम्बरको कारलाई रोकी चेकजाँच गर्दा सिटमुनिको भागमा घर्रा जडान गरी कालो प्लास्टिकमा लुकाई ल्याएको ४४ लाख रुपैयाँ बरामद गरिएको हो ।

बरामद रकमसहित दुबैजनालाई थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय, इटहरी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?