+
+
एसिया कप क्रिकेट :

भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १६ गते २०:०६

१६ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २६६ रन जोडेको हो ।

भारतका लागि हार्दिक पाण्डेयले ८७ र इसान किसानले ८२ रन बनाउनुबाहेक अरु ब्याटरले उल्लेख्य रन जोड्न सकेनन् । पाकिस्तानका साहिन शाह अफ्रिदीले ४ तथा नसिम शाह र हरिस रउफले समान ३/३ विकेट लिए ।

कमजोर सुरुवात गरेको भारतका रोहित शर्मा ११, शुभमन गिल १० र विराट कोहलीले जम्मा ४ रन जोडेका थिए । त्यस्तै श्रेयस एयरले १४, रविन्द्र जडेजाले १४, जसप्रित बुम्राहले १६, कुलदिप यादवले ४ र शार्दुल ठाकुरले ३ रन लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?