+
+

प्रदेश ६ मा बुढा र लुवार राष्ट्रियसभा सांसदमा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २४ गते १३:२८

२४ माघ, सुर्खेत । प्रदेश ६ मा पनि राष्ट्रियसभा सांसदको चुनावको मत परिणाम आउन सुरु गरेको छ ।

पहिलो चरणमा दलित र अपाङगता तथा अल्पसंख्यकको मतपरिणाम सार्वजनिक भएको छ ।

मत परिणाम अनुसार वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका नरपति लुवार (दलित) र माओवादीका जीवन बुढा (अपाङगता) विजयी भएका छन् ।

नरपतिले तीन हजार ६६६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी कांग्रेसका मित्रलाल सार्कीले ९६० मत ल्याए ।

यस्तै जीवनले तीन हजार ७२० मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका गोपालप्रसाद शमाएले ९७८ मत ल्याए ।

अन्य ६ पदको मतगणना भने जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?