+
+

जितेन्द्रलाई यौन शोषणको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २५ गते ८:२३

२५ माघ, मुम्बई । अभिनेता जितेन्द्रलाई उनका एकजना नातेदारले यौन शोषण गरेको आरोप लगाएकी छिन् । साठीको दशकका स्टार अभिनेता जितेन्द्रले भने यो आरोप निराधार भएको दावी गरेका छन् ।

उजुरीकर्ताले हिमाचल प्रदेशका प्रहरी महानिर्देशकलाई उजुरी गर्दै भनेकी छन्, ‘घटना सिमलाको हो, १९७१ मा यो घटना हुँदा म १८ वर्षकी थिएँ, उनी २८ वर्षका थिए ।

उजुरीकर्ताका अनुसार जितेन्द्रले नयाँदिल्लीबाट सिमलासम्म आउने ब्यवस्था गरेका थिए । जहाँ जितेन्द्र सुटिङ गर्दै थिए । उजुरीकर्ताका अनुसार सिमला पुग्दा राती भएको थियो जितेन्द्र नशामा थिए । नशाको सुरमा युवतीको कोठामा पुगेका जितेन्द्रले खाट जोडेर सँगै सुतौं भन्दै यौन शोषण गरेका थिए ।

जितेन्द्रका वकिल रिजवान सिद्दिकीले एक विज्ञप्ती जारी गर्दै निराधार एवं वेतुकको आरोप भएको बताएका छन् ।

जितेन्द्रको वकिलले ५० वर्षपछि कसैले मनगढन्ते आरोप लगाएको बताएका छन् । कानुनत यस्ता घटनामा तीन वर्षभित्र रिपोर्ट गर्नुपर्ने भन्दै जो कसैको बदनाम गर्ने अधिकार कसैलाई नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?