Comments Add Comment

दलको नेता चुनिएपछि शेरधनले भने- फागुन २ भित्र प्रदेश सरकार


२६ माघ, विराटनगर । एमाले प्रदेश १ का नवनिर्वाचित संसदीय दलको नेता शेरधन राईले अब प्रदेश सरकार गठनको प्रक्रिया सुरु गर्ने बताएका छन् ।

उनका अनुसार ढिलोमा फागुन २ गतेभित्र प्रदेश सरकार बन्नेछ ।

पार्टीको आन्तरिक दलको नेता चयन भएपछि राईले भने, ‘अब मुख्यमन्त्री नियुक्त हुने पक्कापक्की भइसक्यो । अब छिट्टै प्रदेश सरकार गठन प्रक्रिया प्रारम्भ हुन्छ ।’

फागुन २ भित्र प्रदेश सरकार बन्ने भन्दै उनले प्रदेशलाई भ्रष्टाचारमुक्त समृद्ध बनाउने बताए ।

उनले दलभित्र भएको चुनावलाई लिएर कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताए । राईले भने, ‘मैले कुनै भेदभावको दृष्टिले हेर्नेछैन । सबै माननीय सदस्यहरुलाई समान दृष्टिले हेर्ने र जिम्मेवारी प्रदान गर्नुपर्छ र म गर्छु पनि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment