+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विराटनगरमा प्रचण्डले दोहोर्‍याए : मैले ०६४ कै झल्को पाएको छु

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १४ गते १०:४९

१४ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी २०६४ कै अवस्थामा फर्किने दाबी गरेका छन् ।

विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्लो समय झापा र मोरङ धेरैपटक आउँदा ०६४ कै झल्को देख्ने गरेको बताएका हुन् । ‘यसबीचमा म धेरैपटक आएको झापा-मोरङ आएको छु । मैले अलिकति झल्को ०६४ को पाएको छु’, उनले भने ।

माओवादीप्रतिको अहिले लहरलाई बचाउन सके मात्रै माओवादी ०६४ सालकै स्थितिमा फर्किने उनको भनाइ छ । त्यसैले अहिले पहिलो पार्टी हुन्छौं भन्ने विश्वासका साथ अभियानमा हिंडेको उनले बताए ।

‘हामीभित्र समस्या भयो भने त फरक कुरा हो तर त्यो समस्या हुनेवाला पनि छैन’, उनले थपे, ‘यो लहर हामीले लिएर जाँदा एक नम्बर पार्टी हुन्छौं भन्ने कन्फिडेन्सका साथ हिंडेका छौं ।’

०६४ मा ठूलो भएको माओवादी विभाजन र झगडाले कमजोर भएको बताउँदै त्यसपछि सधैं कुनै दल ठूलो नभएकोले अब ठूलो हुने पालो माओवादीको आएको बताए । अब माओवादीलाई जिताएर मात्रै देशमा स्थायित्व र सुशासन कायम हुन्छ भन्ने जनताले बुझेको उनको दाबी छ ।

अर्को फरक प्रसंगमा प्रचण्डले माओवादी सत्ताको खेलमा नलाग्ने बताए । उनले माओवादी अहिले जनता र आफ्नै वर्गतर्फ फर्किएको बताए । ‘यो गठबन्धन ०८४ सम्मै गए पनि हामीलाई केही टेन्सन छैन । हामी जनतातिर छौं । जनतासँगै जान्छौं । आफ्नै वर्गमा फर्किन्छौं । शहीद बेपत्ता परिवारतिर फर्केका छौं । नयाँ ऊर्जा पैदा भएको छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?