+
+
Shares

खप्तड केवलकारका लागि खुत्रुके अभियान

रामहरी ओझा रामहरी ओझा
२०७४ माघ २८ गते १६:२४
खुत्रुके अभियानमा दश रुपैयाँ खसाउँदै पूर्व सांसद कल्पना सोव

२८ माघ, डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडको पर्यटकीय विकास गर्न केवलकार सञ्चालनका लागि खुत्रुके अभियान सुरु भएको छ ।

आइतवार प्रदेश नंं ७ को प्रादेशिक महोत्सव उद्घाटनको अवसर पारी खप्तड केवलकारका लागि प्रतिव्यक्ति दश रुपैयाँको खुत्रुके अभियान सुरु गएकिो हो ।

डोटी दिपायल सिलगढी नगरपालिकाको ४ नं. वडाका वडाध्यक्ष वीरेन्द्र शाहले उक्त अभियानको थालनी गरेका हुन । ‘खप्तड क्षेत्रमा केवलकार निर्माण गर्ने भनी सरकारी तथा निजी क्षेत्रबाट पटक पटक छलफल भयो तर कसैले पनि निर्माण कार्यको थालनी गरेन’ वडाध्यक्ष शाहले भने ‘अब हामी आफै खप्तड क्षेत्रमा केबलकार निर्माण गर्नुपर्छ भन्ने उद्देश्यका साथ यो अभियान थालेका हौं ।’ शाहले केवलकार निर्माण भएमा खप्तडको पर्यटकीय पवर्द्धन हुने बिश्वास व्यक्त गरे ।

डोटी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका शाहले यो अभियान प्रदेश नं. ७ का सबै जिल्लाहरुमा सञ्चालन गरिने बताए । उनले भने ‘अन्य जिल्लामा पनि समन्वय गर्ने काम भईरहेको छ, हामी तुरुन्तै यो अभियानलाई व्यापक रुपमा लैजाने छौं ।’ महोत्सवको उद्घाटन मञ्च अगाडि राखिएको खुत्रुकेमा दश रुपैयाँ खसाउँदै शाहले सबैलाई केवलकार निर्माण महाअभियान सहयोग गर्न आग्रह गरे ।

अभियानलाई समर्थन गर्दै पूर्व सांसद् कल्पना सोबले पनि खुत्रुकेमा दश रुपैयाँ खसाइन । त्यसपछि खुत्रुकेमा दश रुपैयाँ राख्नेको लहर नै चल्यो ।

‘कृषि, पर्यटन, उद्योग, व्यापारको पूर्वाधार, ७ नं. प्रदेशको बिकासको मूल आधार’ आइतवारबाट सुरु भएको प्रादेशिक महोत्सवको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासी र शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

फागुन ९ गतेसम्म चल्ने उक्त महोत्सवमा दुई करोड रुपैयाँ बराबरको आर्थिक कारोवार हुने आयोजक संस्था डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?