+
+
Shares

मुख्यमन्त्री पौडेलले लिए सपथ

राजन दाहाल राजन दाहाल
२०७४ माघ २९ गते ९:५७

२९ माघ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष सपथ लिएका हुन् । उनले केहीबेरमा पदभार सम्हाल्ने कार्यक्रम छ ।

प्रदेश ३ मा बहुमत ल्याएको एमालेले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि प्रदेश प्रमुख कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

पौडेललाई माओवादी केन्द्रको पनि समर्थन छ । तर, माओवादीले तत्काल सरकारमा नजाने संकेत दिएको छ । एमालेले एक मन्त्रीको नाम दिन आग्रह गरेपनि माओवादीले पार्टी एकताबारे ठोस सहमति नभएको भन्दै मन्त्रीको नाम दिन मानेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?