मंगलबार, २९ साउन, २०७५
OnlineKhabar.com
Suzuki

कम्पनीले बाँड्यो पौने ३ अर्ब बोनस, बोरामा पैसा बोकेर घर फर्किए कर्मचारीहरु

Suzuki
अनलाइनखबर


आफूले काम गरिरहेको कम्पनीले जब प्रशस्तै मुनाफा कमाउँदछ अनि कर्मचारीलाई ठूलो रकम बोनस दिन्छ भने को कर्मचारी खुसी नहोला ?

चीनमा हालै एउटा कम्पनीले आफ्ना कर्मचारीलाई झण्डै पौने ३ अर्ब रुपैयाँ बराबरको रकम बोनस बाँड्यो ।

नगदमा बाँडिएको उक्त बोनस रकम गोजीमा अटाउने कुरै भएन । त्यसैले कर्मचारीहरुले आफ्नो भागमा परेको बोनस रकम बोरामा भरेर घर लिएर आए ।

फंगदा स्पेसनल स्टिल टेक्नोलोजी नामक उक्त कम्पनी पछिल्ला वर्षहरुमा कर्मचारीलाई ठूलो धनराशी बोनस बाँड्नमा नाम कहलिएको छ ।

यो कम्पनीमा झण्डै पाँच हजार कर्मचारी काम गर्दछन् । त्यसैले उक्त बोनस रकम कर्मचारीहरुलाई बाँड्दा एउटाको भागमा लाखौँ रकम पर्यो । कार्यरत कर्मचारीले मात्र होइन, सेवानिवृत्त कर्मचारीले पनि केही बोनस रकम पाए ।

समाचार अनुसार कम्पनीले बाँडेको कूल बोनस रकमका नोटको वजन झण्डै २ टन थियो । अफिसमा उक्त रकम सबै ल्याएर नगदै बोनस बाँडियो ।

यो कम्पनीले पछिल्लो ७ वर्षमा आफ्ना कर्मचारीलाई २६ अर्ब रुपैयाँ भन्दा धेरै रकम बोनसमा बाँडिसकेको छ । कम्पनीको वार्षिक आय करोडौँ डलर रहेको छ ।

एजेन्सी

२०७४ माघ २९ गते १०:३९ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this