Comments Add Comment

सकिएको छैन ला लिगा उपाधि होड !


यो सिजन ला लिगामा बार्सिलोनाको दबदबा यतिसम्म रह्यो कि घरेलु उपाधि लगभग उसको पोल्टामा गइसकेको आकलन गरिएको थियो । तर, आइतबार बार्सिलोनाले गेटाफेसँग बराबरी खेलेपछि उपाधि होडमा अरु टिमको सम्भावना अझै जिवित रहेको देखिएको छ ।

रियल मड्रिड यो दौडमा संलग्न छैन किनकी उनीहरुको ध्यान अब पूर्णरुपमा च्याम्पियन्स लिगमा केन्दि्रत छ । यद्यपि, एर्नेस्टो भाल्भेर्डेलाई चुनौती दिन सक्ने सम्भावित टिमको रुपमा विस्तारै एट्लेटिको मडि्रड प्रकट हुन थालेको छ ।

शनिबार लस कोल्चोनेरोको मलागाविरुद्ध १-० को अवे जित निकालेको क्लबलाई क्याटलानभन्दा केवल सात अंक पछाडि परेको छ र सम्भवतः उनीहरुले सिजनको अन्त्यमा दोस्रो स्थान कब्जा गर्नेछन् ।
गेटाफेसँग ड्र खेल्दा बार्सिलोनाले खासै जादु देखाउन सकेन र हरेक उपाय लगाउँदा पनि भ्रमणकारीलाई गलाउन सकेनन् ।

मड्रिडको क्लबले राम्रो प्रदर्शन गरेको थियो, तर यो बार्सिलोना स्क्वाडलाई गलत समयमा थकानले घेरिरहेको छ भन्ने संकेत पनि हुन सक्छ र यसले लस रोजिब्लान्कोसलाई फेरि उपाधि दौडमा फर्काउन सक्छ ।

सात अंकको अन्तराल बार्सिलोनाको म्याचडे १६ यताको सबैभन्दा साँघुरो हो । प्रतियोगिताको दोस्रो भाग बाँकी नै रहँदा उपाधिमा उनीहरुको पकड फुस्किँदै गएको प्रतीत हुन्छ ।

बार्सिलोनाको बाँकी खेल

क्याटालन क्लबले अब एइबारको भ्रमण गर्दैछ, जहाँ चार दिनपछि सिमेओन्सको टोलीविरुद्ध रोचक भिडन्त हुनेछ ।

उपाधि भिडन्तमा यो भिडन्तले निकै ठूलो प्रभाव पार्नेछ ।

सिजनको अन्त्यमा बार्सिलोनाका केही कठिन खेलहरु छन् र उनीहरुले म्याचडे ३२ मा भ्यालेन्सियालाई आफ्नै रंगशालामा स्वागत गर्नेछन् । जबकी म्याच डे ३० मा सेभियाविरुद्ध अवे म्याच रोचक हुने सक्छ ।

क्रिसमसभन्दा ठीक अगाडि बार्सिलोनाले आफ्नो चिर प्रतिद्वन्द्वी रियल मडि्रडलाई सजिलै परास्त गरेको थियो तर, म्याचडे ३६ मा क्याम्प नाउको यात्रा गर्दा बार्सिलोनाको उपाधि चुनौतीलाई विथोल्न सक्दो प्रयास गर्नेछन् ।

एटलेटिको मड्रिडको बाँकी खेल

आगामी दिनहरुमा सिमेओसको टिमले कठिन म्याचहरु खेल्ने छ । उनीहरु एस्टाडियो रामोन सान्चेज पिजुआन, क्याम्प नोउ र स्टाडियो सान्टिआगो बेर्नाबेउ जान बाँकी नै छ । यसबाहेक भिल्लारियल र रियल सोसाइडाडको भ्रमणहरु पनि सजिला हुने छैनन् ।

होम म्याचहरुको कुरा गर्दा एल्थेटिको मडि्रडले यो अवधिमा अर्को पराजय भोग्नु हुँदैन किनकी साँच्चिकै कठिन म्याचहरु केल्टा भिगो र एइबारविरुद्ध मात्र छ ।

मार्काको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment