Comments Add Comment

मुख्यमन्त्रीका लागि बहुमत जुटाएर आउन प्रदेश प्रमुखको आहृवान

२९ माघ, जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले मुख्यमन्त्रीका लागि बहुमत जुटाएर आउन राजनीतिक दलहरुलाई आहृवान गरेका छन् ।

प्रदेश प्रमुख कायश्यले बहुमत जुटाएर फागुन ३ भित्र आउन दलहरुलाई आहृवान गरेका हुन् ।

प्रदेशसभामा कुनै पनि पार्टीको बहुमत नरहेकाले दुई वा सो भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गरी आउन प्रदेश प्रमुखले आहृवान गरेका प्रदेश प्रमुखको कार्यालयका सचिव लावण्यकुमार ढकालले जनाएका छन् ।

प्रदेश २ को १०७ सदस्यीय प्रदेशसभामा कुनै एक दलको बहुमत छैन । तर, दुई ठूला दल संघीय समाजवादी फोरम र राजपाबीच संयुक्त सरकार बनाउने सहमति भएको छ ।

दुई पार्टीको सहमति अनुसार मुख्यमन्त्री फोरमले पाउनेछ । फोरमले संसदीय दलको नेतामा लालबाबु राउत चयन भइसकेका छन् । अब उनी मुख्यमन्त्री हुनेछन् ।

प्रमुख विपक्षी दल एमाले हुनेछ ।

यो पनि पढ्नुस् 

प्रदेश २ को संसद बैठक कक्षमा टाँगिए मधेश आन्दोलनका शहीद

प्रदेशसभामा शहीदको तस्वीर राख्ने होड !

प्रदेशसभा १ को सभामुखमा एमालेका भण्डारी निर्वाचित

 प्रदेश ३ को मन्त्रिपरिषद्ः जम्मरकट्टेल ‘गृह’मन्त्री, स्थापित पूर्वाधारमन्त्री 

प्रदेश ६ को सभामुखमा राजबहादुर चयन, उपसभामुखको चुनाव फागुन ५ गते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment