Comments Add Comment

प्रदेश ३ का मुख्यमन्त्रीको योजनाः प्रत्येक जिल्लामा एक आधुनिक शहर

२९ माघ, हेटौंडा । प्रदेश ३ का नवनियुक्त मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा पर्ने हरेक जिल्लामा एउटा नयाँ आधुनिक शहर बसाउने योजना अघि सारेका छन् ।

आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका पौडेलले सोमबार सपथ लिनुका साथै पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख अनुराधा कोइरालाबाट सपथ लिएपछि पौडेलले हेटौंडा-११ स्थित शहिद स्मारक पुगेका थिए । लगतै मुख्यमन्त्रीको कार्यालयमा आएर पदभार ग्रहण गरेका छन् ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकार कार्य विभाजन, प्रदेशस्तरका केही लेखा परीक्षण र प्रदेश सरकार कार्य विभाजन नियमावली लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

मुख्यमन्त्री पौडेलले विकास र समृद्धिमा अरु प्रदेश भन्दा अगाडि हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । आफू कोरा राजनीतिक प्राणी नभएको सुनाउँदै उनले विगतमा गरेका कामहरुले नै मुख्यमन्त्री बनाउन योगदान गरेको सुनाए ।

प्रदेशका १३ वटै जिल्लामा कम्तीमा एउटा नयाँ आधुनिक शहर स्थापना गर्ने प्रयत्न गरिने उनले बताए ।

हरेक जिल्ला प्राकृतिक स्रोत साधनले भरिपूर्ण रहेको भन्दै उनले आफ्नो पहिलो एजेण्डा नै प्राकृतिक स्रोतको उपयोग गरी आर्थिक सम्वृद्धिमा लगाउनु भएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment