+
+
Shares

प्रदेश ६ को सभामुखमा राजबहादुर चयन, उपसभामुखको चुनाव फागुन ५ गते

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २९ गते १४:४३

२९ माघ, सुर्खेत । प्रदेश ६ को सभामुखमा राजबहादुर शाही चयन भएका छन् । आज बसेको प्रदेश संसदको दोस्रो बैठकले शाहीलाई सभामुखमा चयन गरेको हो ।

सभामुखमा शाहीको एकल उम्मेदवारी परेको थियो । शाही एमालेका तर्फबाट  दैलेख क्षेत्र नं. २ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

सभामुख शाहीलाई आजै अपराहन्न ४ बजे प्रदेश प्रमुख दुर्गाकेश खनालले सपथग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।

बैठक आगामी फागुन ५ गते उपसभामुख चयन गर्ने गरी ४ गतेसम्मका लागि स्थगित भएको सांसद ठम्मर बिष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?