Comments Add Comment

माओवादीको समानुपातिक सूचीमा को-को ?


१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाका लागि समानुपातिकतर्फका सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाएको छ । माओवादीले पाएको १७ समानुपातिक सांसदहरुमध्ये १६ महिला र १ पुरुषको नामावली आयोगमा बुझाएको हो ।

माओवादी समानुपातिक सूचीमा परेका एकमात्र पुरुष सांसद हितराज पाण्डे हुन् ।

तर, माओवादीले बुझाएको सूचीमा समावेशी र प्राथमिकताक्रम नमिलेको भन्दै आयोगले सच्याएर पठाउन भनेको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आयोगको पत्रअनुसार काम भइरहेको जानकारी दिइन् ।

माओवादीले बुझाएको सूची यस्तो छ–

खसआर्य (महिला)- रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, धर्मशिला चापागाईं  र सीता पोखरेल

आदिवासी जनजाति (महिला)- जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्ती, यशोदा गुरुङ सुवेदी र अमृता थापा

दलित (महिला)- अञ्जना विशंखे र दुर्गा विक

मधेसी (महिला)- इन्दु शर्मा र बोधमाया यादव

थारु (महिला)- रामकुमारी चौधरी

मुस्लिम (महिला)- शेष चाँदतारा

पिछडिएको क्षेत्र- सत्या पहाडी

पुरुष- हितराज पाण्डे

सूचीमा त्रुटी रहेको भन्दै आयोगद्वारा अस्वीकार

तर माओवादीले बुझाएको सूचीमा त्रुटी भेटिएको भन्दै आयोगले सच्याएर बुझाउन भनेको छ ।

माओवादीको प्रारम्भिक सूचीमा सत्या पहाडीको नाम खस आर्यको सूचीमा छ । तर सोमबार सूची बुझाउँदा पहाडीलाई पिछडिएको क्षेत्रमा राखेर बुझाइएको छ । आयोगले त्यसलाई अस्वीकार गर्दै सच्याउन भनेको छ ।

माओवादीको प्रारम्भिक सूचीमा जनमुक्ती पार्टीका नेता प्रेमबहादुर सिंहको नाम पिछडिएको क्षेत्रको पहिलो नम्बरमा छ । प्रेमबहादुर सिंह माओवादीको चुनाव चिन्ह लिएर निर्वाचन लडेका थिए ।

यसैगरी मधेसी समुदायबाट ३ जनाको नाम हुनुपर्नेमा २ जनाको मात्रै नाम माओवादीले बुझाएकाले त्यसलाई पनि सच्याउन निर्वाचन आयोगले भनेको छ ।

माओवादीको प्रारम्भिक बन्दसूचीमा मधेसी महिलाको पहिलो नम्बरमा इन्दु शर्मा, दोस्रो नम्बरमा बोधमाया यादव र तेस्रो नम्बरमा दिल कुमारीको नाम छ ।

यो पनि पढ्नुहोस्

आधाभन्दा बढी पुरानै अनुहार, आरक्षण कोटामा ब्यापारी र ठेकेदार

एमालेका समानुपातिक सांसदः दाजु बहिनीदेखि पति पत्नीको जमघट

एमालेबाट को–को बने समानुपातिक सांसद् ? (सूचीसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment