+
+
Shares

चैत्र १६ मा कलाकार संघको अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १ गते ११:२०


नेपाल चलचित्र कलाकार संघले ‘फान अवार्ड’लाई निरन्तरता दिने भएको छ । चैत्र १६ गते अवार्डको दोश्रो संकरण आयोजना हुने भएको छ । काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा यो अवार्ड आयोजना हुन लागेको हो । ‘कि एडभरटाइजिङ एजेन्सी’सँगको सहकार्यमा अवार्ड आयोजना गर्न लागिएको हो ।

काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अवार्ड आयोजना गर्न लागिएको जानकारी दिइयो । यो बर्ष २४ विधामा अवार्ड प्रदान गरिनेछ । कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले अवार्ड आयोजना भव्य र सव्य रुपमा हुने बताएका छन् ।

कलाकार संघले यो बर्ष निकै ढिला गरि अवार्ड आयोजना गर्न लागेको छ । अवार्डप्रति कलाकारको आकर्षण कमजोर बन्दै गएको अवस्थामा कलाकार संघको अवार्डमा पनि कलाकारको आकर्षण खासै बढेको पाइदैन ।

यो बर्ष कलाकार संघले उत्कृष्ट नायक, नायिका, चलचित्र, निर्देशक, कथा, पटकथा, संवाद, नृत्य निर्देशक, गीतकार, गायक, गायिका, संगीतकार, नव-नायक, नव-नायिका, छायांकार, नव-निर्देशक, चरित्र अभिनेता, चरित्र अभिनेत्री, खलनायक, हाँस्य कलाकार, सह-अभिनेता, सह-अभिनेत्री लगायतका विधामा अवार्ड प्रदान गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?