Comments Add Comment

निरोगी, जवान एवं तन्दुरुस्त रहने १० सूत्र

आफ्नो निश्चित उमेर बाँचुञ्जेल हामी निरोगी रहन चाहन्छौं । दीर्घायु चाहन्छौं । सधै जवान देखिन रुचाउँछौं । तन्दुरुत रहन रुचाउँछौं । तर, कसरी यस्तो जीवन पाउने ?

यो हाम्रो आफ्नै हातमा छ । हामी निरोगी बाँच्ने वा स्वस्थ्य जीवन ? यसमा हामी स्वंम जिम्मेवार छौं । जवान रहन, तन्दुरुस्त रहन, निरोगी रहन औषधी सेवन गर्नुपर्दैन । शल्यक्रिय गर्नुपर्दैन । यसका लागि केवल अनुशासित जीवनशैली अपनाए पुग्छ ।

तर, हामी खानपान, दिनचर्यामा वेपर्वाह छौं । हामीलाई क्षणिक प्रलोभनले गाँजेको छ । हामी खानपानमा लापरवाही छौं । जिब्रोको स्वाद खोज्छौं । शरीरलाई ऐश आरम खोज्छौं । मासु, मदिराको साथ छाड्दैनौं । हाम्रो सोच चिन्तन पनि उन्नत खालको हुँदैन । परिणामतः हामी रोगी, जिर्ण बन्दै जान्छौं । हामी उमेर नपुग्दै रोगको चंगुलमा फस्न पुग्छौं । अतः यस्ता संभावित दूरावस्थाबाट मुक्त पाउनका लागि जीवनलाई संयमित र अनुशासित ढंगले अगाडि बढाउनुपर्छ ।

यहाँ केही सूत्र दिइएको छ, जसले निरोगी, जवान एवं तन्दुरुस्त रहन मद्दत गर्छ । भलै यी सूत्र सामान्य र आधारभूत लाग्न सक्छ । यद्यपी दीर्घ जीवनका लागि यो एकदमै अपरिहार्य छ ।

१.  जहिले पनि बाहिरबाट घर आएपछि कुनै पनि वस्तुलाई छुनुअघि, तथा खाना बनाउनु र खाना खानुअघि हातलाई सावुन पानीले मज्जाले धुनुपर्छ । घरमा साना बच्चाहरु छन् भने यो झन् जरुरी हुन्छ । बच्चालाई समात्नुअघि राम्रोसित हात धुनुपर्छ वा सेनेटाइजर प्रयोग गरौं ।

२. घरको सफाईमा विशेष ध्यान दिनुपर्छ । खासगरी भान्सा तथा शौचालय सफा हुनुपर्छ । पानी जम्न दिनु हुँदैन । सिंक, वास बेसिन आदि ठाउँहरु नियमितरुपमा सफा गरौं । फिनेल, फ्लोर क्लिनर आदिको उपयोग गरौं ।

३. ताजा तरकारी तथा फलफुलहरु सेवन गरौं । उपयोगमा आउने मसला, अन्न तथा अन्य सामग्रीको भण्डार पनि सही तरिकाबाट गर्नुपर्छ । एक्सपायरी डेट भएका बस्तुहरुको मितिलाई ध्यानमा राखौं । यसका अलावा खानेकुरालाई कहिल्यै पनि खुल्ला छाड्न हुँदैन । काँचो तथा पाकेको खानालाई अलग अलग राखौं । खाना पकाउन तथा खानका लागि उपयोगमा आउने भाँडाकुडा, फ्रिज, ओभन आदिलाई राम्ररी सफा गरौं । चिसो भाँडालाई कहिले पनि र्‍याकमा नराखौं । साथै राम्ररी नसुकेका डिब्बाहरुलाई बिर्को लगाएर नराखौं ।

४. अत्याधिक तेल, मसलाबाट बनेको खानेकुरा नखाने । खानालाई सही तापक्रममा पकाउनुपर्छ । बढि पकाएर तरकारीको पौष्टिक तत्व नष्ट नगरौं । साथै ओभनको प्रयेाग गर्दा तापमानको विशेष ध्यान राख्नुपर्छ । सँधै ताजा भोजन खानुपर्छ ।

५. खानामा सलाद, दही, दूध, हरियो तरकारी, दाल, गेडागुडी आदिका प्रयोग गरौं । खानामा जति धेरै विविधता भयो त्यति नै राम्रो । खाना पकाउन तथा पिउनका लागि सफा पानीको उपयोग गरौं । तरकारी तथा फलफुललाई राम्ररी धोएर मात्रै प्रयोगमा ल्याउनुपर्छ ।

६.  खाना पकाउनका लागि सोयाबिन, सनफ्लावर र जैतुनको तेललाई प्राथमिकता दिनुपर्छ । खानामा चिनी तथा नून दुवैको कमभन्दा कम प्रयोग गरौं ।  जंगफुड, सफ्ट डि्रंक तथा आर्टिफिसियल चिनीबाट बनेको जूस आदिको उपयोग नगरौं । राति सकभर हल्काफुल्का खाना खानुपर्छ । सुत्नुभन्दा अगाडि १५/२० मिनेट घुमफिर गर्नु राम्रो हुन्छ ।

७. आफ्नो विश्रा मगर्ने तथा सुत्ने कोठालाई सफा सुग्घर, हावादार तथा खुल्ला राखौं । तन्ना, तकियाको खोल र पर्दालाई नियमितरुपमा फेर्ने गरौं ।

८.    मेडिटेसन, योगा तथा ध्यानको प्रयोग एकाग्रता बढाउन तथा तनावबाट टाढा रहनका लागि आवश्यक छ । त्यसैले बिहानको समयमा यसका लागि समय निकाल्नुपर्छ । बिहान चाँडै उठ्नुस र खुल्ला हावामा व्यायाम अथवा योगा गरौं ।

९.  दैनिक कुनै एक व्यायाम गरौं । यसका लागि कमसेकम आधा घन्टा समय दिनुपर्छ र व्यायामको तरिका बदल्नुपर्छ ।

१०.  ४५ वर्ष उमेर काटेकाहरुले आफ्नो नियमित स्वास्थ्यपरिक्षण गराउनुपर्छ । डाक्टरले दिएको औषधि नियमिरुपमा सेवन गरौं । प्रकृतिसँग नजिक रहने समय निकालौ । बच्चाहरुसँग खेल्नुस र परिवारसँग हल्काफुल्का मनोरञ्जनका लागि पनि समय निकाल्नुपर्छ । आफूर्लाइ धेरै सिरियस नबनाउने र रिसलाई आफूमाथि हावी हुन नदिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment