+
+

प्रेम दिवसमा अमृतको ‘मग मग’

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २ गते १३:०८

भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत क्षेत्रीले ‘मग मग’ लिएर दर्शक तथा श्रोतासामु आएका छन् । गीतमा अमृतसँगै उनकै श्रीमती संगीता क्षेत्रलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा यी दुईको प्रेमलाई देखाइएको छ । गीतमा एक अर्काको प्रेमको चर्चा गरिएको छ ।

गीतलाई माया गर्ने जोडीले रुचाउने विश्वास गायक क्षेत्रीले लिएका छन् । गीतमा माया आभास गराउने मोमेन्ट राखिएको छ । गीतमा एक नारायण भण्डारीको शब्द र दीपक शर्माको संगीत छ ।

गीतलाई बुद्ध थापा र उनको टिमले छायाँकन गरेका हुन् भने यसलाई विकास धमलाले सम्पादन गरेका हुन् । गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?