Comments Add Comment

१० अविवाहित नायक-नायिकाः को प्याक, को सिंगल ?


आज प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे । विश्वभर रहेका प्रेम जोडीहरु यो दिवसलाई विभिन्न रुपमा मनाउँदैछन् । नेपालमा पनि ‘भ्यालेन्टाइन डे’ले पछिल्लो समयमा राम्रै प्रभाव जमाएको छ । प्रेममा परेकाहरुको माया साट्ने दिन र सिंगल रहेकाहरु प्रेममा पर्ने दिनको रुपमा यो दिवसलाई लिइन्छ ।

प्रेम दिवसको अवसर पारेर आज हामीले यहाँ, नेपाली चलचित्र क्षेत्रका केही अविवाहित नायक-नायिकाको कुरा गर्दछौ । उनीहरुमध्ये कोही प्रेममा छन् भने कोही सिंगल नै छन् । आउनुहोस्, सबैभन्दा पहिला अविवाहित नै रहेका ५ नायकको कुरा गरौ ।

१. अनमोल केसीः
नेपाली चलचित्र क्षेत्रमा ‘हट केक’ नायकको रुपमा पर्छन्, अनमोल केसी । उनी चलचित्र क्षेत्रमा प्रवेश गरेको धेरै बर्ष भएको छैन, तर उनको क्रेज सर्वाधिक धेरै छ ।
तर, उनै अनमोल यतिबेला प्रेमको रंगले खासै पोतिएका छैनन् । होस्टेल बस्दा धेरै प्रेम गरेको बताउने अनमोल एसएलसीपछि भने आफू प्रेममा नपरेको बताउँछन् । उनको नाम पछिल्लो समय नायिका आना शर्मासँग पनि जोडिएको थियो । तर, आना र उनको प्रेम लामो समयसम्म टिकेन । यूवतीहरुको रोजाइमा नम्बर १ मै पर्ने अनमोल यो भ्यालेन्टाइन डे एक्लै मनाउँदैछन् ।

२. प्रदिप खड्का
चलचित्र ‘प्रेमगीत’ हिट भएपछि नायक प्रदिप खड्का पनि यूवतीहरुको रोजाइमा पर्न थालेका छन् । प्रदिपको मुस्कानको हजारौ यूवती फ्यान छन् । तर, आजसम्म प्रदिप प्रेममा परेको खबर सार्वजनिक भएको छैन । प्रेम दिवसमा उनलाई गुलाबको फूल दिएर ‘आइ लभ यू’ भन्न चाहने यूवतीहरुको संख्या त प्रशस्तै होला । तर, अविवाहित चकलेटी नायक भने सिंगल नै छन् ।

३. सौगात मल्ल
नायक सौगात मल्ल अविवाहित चर्चित नायक हुन् । चलचित्र क्षेत्रमा आएसँगै उनको अभिनयको चौतफी तारिफ भयो । साथै, पछिल्लो समय नायिका श्रृष्टी श्रेष्ठसँग उनको नाम जोडिएपछि उनको प्रेमको चर्चा पनि व्यापक छ ।

श्रृष्टी र सौगात अहिले गहिरो प्रेममा छन् । उनीहरुले आफूहरुको प्रेमलाई नयाँ सिराबाट अगाडि बढाउने समेत बताएका छन् । सौगातका पनि हजारौ यूवती फ्यान छन्, जो उनलाई यो प्रेम दिवसमा गुलाबको फूल दिएर प्रेम प्रस्ताव राख्न चाहन्छन् । तर, यी चर्चित अविवाहित नायक नायिका श्रृष्टीको प्रेममा चुर्लुम्ब डुबेका छन् ।

४. अनुपविक्रम शाही
नायक अनुपविक्रम शाही नेपाली चलचित्र क्षेत्रमा ह्यान्डसम हिरोको रुपमा परिचित छन् । अनुप पछिल्लो समयमा चलचित्र क्षेत्रमा ‘ह्यान्डसम भिलेन’को रुपमा चिनिन थालेका छन् ।

अविवाहित नायक अनुपविक्रमको नाम पूर्व मिस नेपाल मलिना जोशीसँग लामै समय जोडियो । उनीहरु, लामै समय प्रेममा रहे । तर, अहिले अनुप सिंगल छन् । उनको प्रेमको चर्चा भएको छैन । अविवाहित नायक अनुपले भने हजारौ फ्यान कमाएका छन्, जो उनलाई प्रेम दिवसमा प्रेम व्यक्त गर्न चाहन्छन् ।

५. सलिनमान बनियाँ
नायक सलिनमान बनियाँले चलचित्र ‘ए मेरो हजुर २’ मा मात्र काम गरे पनि चर्चामा छन् । उनको चकलेटी अनुहारको फ्यान कम छैनन् । तर, सलिनले प्रेम दिवस आउनु भन्दा अगाडि नै प्रेमिका सार्वजनिक गरिसकेका छन् । सलिन अस्पि्रना जिन्हा श्रेष्ठको प्रेममा छन् । केही दिन अगाडि मात्र उनले अस्पि्रनाको जन्मदिनमा उनलाई सार्वजनिक गरेका हुन् ।

यी त भए, चर्चित अविवाहित नायकका कुरा । अब, आउनुहोस्, एकछिन चर्चित अविवाहित नायिकाको कुरा गरौ ।

१.साम्राज्ञी राज्यलक्ष्मी शाहः
विगत केहि बर्षमै आफ्नो सुन्दरता र अभिनयका कारण नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले हजारौको मन जितेकी छिन् । यी अविवाहित सुन्दरीको सुन्दरतामा नै फिदा हुने यूवकहरुको संख्या धेरै छ । साम्राज्ञीकै दमदार अभिनय र सुन्दरताले गर्दा यूवकहरु हलसम्म पुग्छन् र उनका चलचित्र हेर्छन् । साम्राज्ञीको नाम भने व्यवसायी मयंक खड्कासँग जोडिएको छ । उनीहरु केहि बर्षदेखि प्रेममा रहेको चर्चा छ ।

२. केकी अधिकारीः
नायिका केकी अधिकारीको अभिनय र सुन्दरताको फ्यान पनि कम छैनन् । उनलाई ट्विटर र फेसबुकमा पछ्याउने र ‘आई लभ यू’ भन्नेहरु प्रशस्त छन् । केकी भने आजसम्म पनि प्रेमको चर्चाले चर्चित बनेकी छैनन् । अन्य नायिकाहरुको समय-समयमा लिंकअपको खबर सार्वजनिक भएपनि केकी अधिकारी यो बिषयमा मौन छिन् । तर, पनि यी चर्चित अविवाहित नायिकालाई माया गर्ने र आई लभ यू भन्नेहरु धेरै छन् ।

३. नम्रता श्रेष्ठः
नायिका नम्रता श्रेष्ठ पनि राम्रो फ्यान कमाउने चर्चित अविवाहित नायिका हुन् । जसको सुन्दरता र अभिनयले धेरैलाई घायल बनाएको छ । तर, नायिका श्रेष्ठको जीवन भने प्रेमी फेर्दैमा बित्यो । रेमनदास श्रेष्ठदेखि प्रेम घले हुँदै अहिले उनी दावा शेर्पाको प्रेममा छिन् । नम्रताको जीवनमा प्रेम सधै नै महत्वपूर्ण पाटो बनेको छ । तर, सफलता कमै मात्र मिलेको छ । दावासँग भने उनको प्रेम सुमधुर तरिकाले अगाडि बढेको छ ।

४.श्रृष्टी श्रेष्ठः
नायिका श्रृष्टी श्रेष्ठलाई दर्शकले ‘मिस नेपाल’को ताज जितेसँग नै मन पराएका हुन् । यसपछि, श्रृष्टी चलचित्र क्षेत्रमा प्रवेश गरिन् । अहिले उनी नायक सौगात मल्लको प्रेममा छिन् । सौगात र श्रृष्टीको प्रेम मिडियाका लागि राम्रै चर्चाको बिषय बनेको छ । दुबैले प्रेम पनि स्विकार गरिसकेका छन् ।

श्रृष्टी श्रेष्ठको उचाई, सुन्दरताको फ्यान धेरै छन् । यी चर्चित अविवाहित नायिकालाई यो बर्षको प्रेम दिवसमा भने प्रेम व्यक्त गर्न चाहने धेरै होलान् । तर, उनी सौगातले दिएको रातो गुलाबमा रमाइरहेकी छिन् ।

५.अदिती वुढाथोकीः
नायिका अदिती वुढाथोकी चलचित्र ‘कृ’मा काम गरेसँगै चर्चामा छिन् । अदितीको प्रेम जीवन पनि अझै खुलेको छैन । तर, अदितीको सुन्दरताको चर्चा गर्नेहरु धेरै छन् ।

विशेषगरि, अदितीलाई उनको इन्स्ट्राग्राममा मन पराउनेहरुको संख्या धेरै छ । अदितीको बोल्ड छविले पनि धेरैलाई आकषिर्त गरेको छ । अदिती नेपाली चलचित्र क्षेत्रकी चर्चित अविवाहित नायिका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment