+
+
Shares

प्रदेश २ः मुख्यमन्त्रीको सपथ आज, आजै मन्त्रिपरिषद गठनको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ३ गते ११:०६
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।

३ फागुन, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले बिहीबार सपथग्रहण गर्दैछन् । उनको नियुक्ति बुधबार नै भएपनि सपथ ग्रहण बिहीबार हुन लागेको हो ।

मुख्यमन्त्रीको सपथ ग्रहणसँगै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी पनि भइरहेको छ । सरकारमा राजपाबाट जितेन्द्रप्रसाद सोनार र संघीय समाजवादी फोरमको तर्फबाट विजयकुमार यादवको नाम तत्काललाई अघि सारिए पनि अन्तिम टुंगो लागिसकेको छैन ।
विजय यादव मुख्यमन्त्रीको दावेदारसमेत थिए ।

फोरम अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आएपछि मात्रै मन्त्री बन्नेहरुको नाम घोषणा गर्ने तयारी भैरहेको स्रोतले जनाएको छ ।

प्रदेश २ को १०७ सदस्यीय संसदमा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन्, जुन सरकार गठनको लागि बहुमत हो ।

मुख्यमन्त्रीले अाज नै सपथग्रहण गर्ने भएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अावास र अन्य मन्त्रीहरूको समेत कार्यालय तयार गरिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?