Comments Add Comment

घोषणा भयो ‘साथ साथ’


चलचित्र ‘साथ साथ’ निर्माणको घोषणा गरिएको छ । सुमन घिमिरेले यो चलचित्रको निर्देशन गर्दैछन् । फागूणको दोश्रो साताबाट यो चलचित्रको छायांकन सुरु हुने निर्माणपक्षले बताएको छ । चलचित्रमा नयाँ कलाकारहरु धेरै छन् । रेशा श्रेष्ठको लगानीमा तयार हुन लागेको चलचित्रमा सुशिल पोखरेल, रेशा श्रेष्ठ, किरण थापा, भेषराज खत्री लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा आशिष अर्यालको डेब्यू अभिनय रहनेछ । श्री तिमिल्सिना फिल्मस्को प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई सुशिल पोखरेलले नै लेखेका हुन् । आउँदो बर्षको माघ १ गते चलचित्र रिलिज हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । निर्देशक घिमिरेले चलचित्रलाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै पनि कसर बाँकी नराख्ने बताए ।

चलचित्रमा शिव ढकालको छायांकन, अनिल कुमार महर्जनको सम्पादन, रुपेश बाँस्कोटाको संगीत, एनबी महर्जनको एक्सन र रामजी लामिछानेको नृत्य निर्देशन रहनेछ । चलचित्रलाई लभ स्टोरी कथामा निर्माण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment