Comments Add Comment

बैतडीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

५ फागुन, बैतडी । जिल्लाको पुरचौँडी नगरपालिका– ५ कुवाकोटमा शुक्रबार ना ४ क ५७६५ नं को स्काभेटर दुर्घटना हुँदा चालक कञ्चनपुर भीमदत्तनगरपालिका– ९ का ३८ वर्षीय रामबहादुर रावलको मृत्यु भएको छ ।

सडक निर्माण गर्ने क्रममा स्काभेटर सडकबाट १२० मिटर तल खसेको थियो ।

गम्भीर घाइते चालकलाई उपचारका लागि लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment