Comments Add Comment

एमालेसँग एकता प्रयास जारी छः प्रचण्ड

६ फागुन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकताको कोशिस जारी रहेको बताएका छन् । त्यसका लागि आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने उनले जानकारी दिए ।

आइतबार बिहान बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले पार्टी एकताको विषयमा सामान्य जानकारी गराएका थिए ।

माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘वैचारिक पाटालाई एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगाउन पहल गर्ने र पार्टी एकता तथा सरकारमा हुने सहभागितालाई सँगै लैजाने कुरा छ ।’

एमाले-माओवादीबीच पार्टीको मार्गदर्शक सिद्धान्त र सरकारलाई पूर्णता दिने विषयमा आइतबार छलफल हुने भुसालले जानकारी दिइन् ।

पदीय भागबण्डा र बैचारिक मतभिन्नताको कारण एमाले-माओवादीबीच पार्टी एकताको विषयमा कुरा मिलेको छैन । कुरा नमिलेपछि माओवादी ओली नेतृत्वको वर्तमान सरकारमा समेत सहभागी भएको छैन ।

आइतबार बसेको माओवादी संसदीय दलको बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई दलको नेता चयन समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment