Comments Add Comment

तामाङ समुदायले साउदी अरबको जेद्दामा मनाए सोनाम लोसार

१८ फेब्रुअरी, जेद्दा (साउदी) । फेब्रुवरी १६ का दिन यहाँका तमाङ समुदायले परम्परागत रूपमा चलेको सोनाम लोसार पर्व मनाएका छन् ।

परम्परागत संस्कार र संस्कृतीलाई जोगाइराख्नुको साथै त्यसको उचित सम्बर्द्धन एवं प्रबर्द्धन गर्ने उद्देश्यले नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरबले सदाका वर्षहरुमा झैं यस वर्ष पनि यो पर्व मनाएको हो ।

चरा बर्गको बिदाइ गरी नयाँ ‘ल्हो अर्थात (मन्जुश्री सम्वत) २८५४ खिरनागी ल्हो’ (कुकुर वर्ग)को स्वागत गरी नयाँ वर्ष मनाइएको हो ।

घेदुङका अध्यक्ष दिलबहादुर थिङ तामाङको सभापतित्वमा समपन्न कार्यक्रमका प्रमुख अतिथी नेपाली महावाणिज्य दूतावास जेद्दाका कार्यवाहक महावाणिज्यदूत रेवतीरमण पौडलतथा अन्य अतिथीहरूमा वाणिज्यदूत मनहरी दङगाल, श्रम सहचारी राजु कुँवर, सहचारीझपलाल मगर लगायत साउदी अरबको पश्चिम क्षेत्रमा आबद्ध विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथी र सभापतिले सयुक्त रूपमा दिप प्रज्वलन गरी सुरु गरेको कार्यक्रममा संस्थाका सचिव असिम दोर्जे तामाङले स्वागत गरेका थिए भने संस्थाका महासचिव नबराज घिसिङ तामाङले सहजिकरण गरेका थिए ।

प्रमुख अतिथी पौडेलले सोनाम ल्होछार तामाङ समुदायको मात्रै नभएर सिंगो नेपालीकोराष्ट्रिय पर्व भएको र यस पर्वले राष्ट्रिय एकता र सद्भावको सन्देश दिएको भन्दै प्रवासकोभूमिमा रहेर पनि आफ्नो संस्कृतीको जगेर्ना गर्न निरन्तर लागि परेकोमा आयोजकलाई धन्यवाद दिए ।

अन्य अतिथीहरूले पनि सोनाम ल्होछारको उपलक्ष्यमा शुभकामना व्यक्तगरेका थिए ।

औपचारिक कार्यक्रमको समापन गर्दै सभापति दिलबहादुर थिङ तामाङले कार्यक्रम सफल बनाउन सबै समुहले खेलेको सहयोग एवं सहकार्यको भूमिकाप्रति आभार ब्यक्त गरे ।

औपचारिक कार्यक्रम लगत्तै प्रवासी नेपाली सेवा समिति (पीएनसीसी) ले संयोजन गरेको थानेश्वर भुसाल उद्धार अभियानमा साउदी अरबको पश्चिम क्षेत्रमा क्रियाशील नेपाली संघसंस्थाहरूले आर्थिक सहयोग जुटाउन खेलेको अहम भूमिकाको कदर गर्दै संस्थाकाअध्यक्षहरूलाई लोसार कार्यक्रमका प्रमुख अतिथि रेवतीरमण पौडेलल र पीएनसीसी साउदीअरब संयोजक अञ्जन पोखरेलले संयुक्त रुपमा कदर पत्रद्धारा सम्मान गर्दै सबै सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

सो अवसरमा कार्यवाहक महावाणिज्यदूत पौडेलले थानेश्वरलाई छिटोभन्दा छिटो जेलमुक्तगराउन आफूहरु लागि परेको र चाडैं खुसीको समाचार सुन्न पाइनेमा सबैलाई आस्वस्थ गराएका थिए ।

दोस्रो चरण अन्तर्गत भएको सांस्कृतिक कार्यक्रमलाई संस्थाका सल्लाहकार सुप्रीम गोलेतामाङले संचालन गरेका थिए ।
कार्यक्रममा विभिन्न मौलिक संस्कृति झल्किने प्रस्तुतिहरु थियो भने स्थानीय चर्चित कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतिहरु देखाएर भरपुर मनोरञ्जन प्रदान गराएका थिए ।

घेदुङ साउदीका महिला कार्यसमिति सदस्य द्वय शान्ती तामाङ र शान्ता तामाङको ‘फ्याफुल्ला फ्याफुल्ला’ तामाङ गीतको नाचले सांस्कृतिक कार्यक्रमको माहोल तताएका थियो। त्यसै गरी दिनेश क्षेत्री र ब्यान्ड, राजन तामाङ, खिम गुरुङ, दिया रिजाल, खोबिन गुरुङ,सिम्रन पुन मगर, अनिश बम्जन, अर्पित मगर, कृष्ण श्रेष्ठ, धन बहादुर गुरुङ, गुराँस राई,सागर लामा, राम बहादुर स्यङ्तान लगायतले उत्कृष्ट प्रस्तुति दिएका थिए ।

कार्यक्रमलाई अल्मराइ र दुकान कम्पनीले प्रयोजन गरेका थिए ।

साथै, सोही कार्यक्रममा दुबै मिर्गाैला खराब भएका तेमाल गाउँपालिका वडा नं। ९ चोपटार काभ्रेनिवासी भोज कुमार तामाङको लागि १५ सय साउदी रियाल अर्थात झण्डै ४० हजार रूपैयाँ संकलन पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment