पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तानी टिमका पूर्व फास्ट बलर सोयब अख्तरलाई पीसीबीको नयाँ ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । पीसीबीका अध्यक्ष नजम सेठीले शुक्रबार ट्विटरमार्फत उक्त जानकारी दिएका थिए ।
४२ वर्षका अख्तर उनको समयका उत्कृष्ट बलर थिए । उनले सेठीको ट्विटरमा तत्काल रिप्लाई गरी आफूलाई ब्राण्ड एम्बेसडर नियुक्ति गरेकामा कृतज्ञता व्यक्त गरेका थिए । ‘म धेरै कृतज्ञ छु, मलाई पीसीबीले यस पदमा चयन गरेकोमा, म खेल्दा जुन उत्साहका साथ खेल्थेँ, त्यत्तिकै उत्साहका साथ काम गर्नेछु । एक पटक फेरि धन्यवाद’ उनले भनेका छन् ।
अख्तरको काम के हुने भन्ने बारेमा भने जानकारी गराइएको छैन ।
प्रतिक्रिया 4