+

फुटबल खेलाडी बिक्रम लामा अस्पतालबाट डिस्चार्ज

२०७४ फागुन  ७ गते १७:५२ २०७४ फागुन ७ गते १७:५२
फुटबल खेलाडी बिक्रम लामा अस्पतालबाट डिस्चार्ज

७ फागुन, काठमाडौं । राष्ट्रिय फुटबल टिमका उपकप्तान तथा  थ्रीस्टार क्लबका कप्तान बिक्रम लामा अस्पतालबाट डिस्चार्ज भएका छन् ।

दाहिने गोडामा चोट लागेपछि शल्यक्रिया र नियमित फिजियोथेरापी लगायतका उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना भएका उनी ९ दिनपछि डिस्चार्ज भएका हुन् ।

लामाको वरिष्ठ अर्पेथोडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको टिमले सफल शल्यक्रिया गरेको थियो । लामा भर्ना भएको भोलिपल्टदेखि नै फिजियोथेरापीसमेत गरिएको थियो ।

हाल उनको घाउ निको हुँदै गएको र बैशाखीको सहायतामा हिँडडुल गर्न सक्ने अवस्था रहेकोले उनलाई आज डिस्चार्ज गरिएको डा. चक्रराज पाण्डेले जानकारी दिए । लामा ६ देखि ८ महिनापछि खेल मैदानमा फर्कन सक्ने समेत डा. पाण्डेले बताए ।

धरानमा जारी बुढासुबा गोल्डकपको फाइनल खेलमा नेपाल पुलिस विरुद्ध खेल्दा घाइते भएका लामालाई तत्काल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ल्याइएको थियो ।

नेपाली फुटबल बिक्रम लामा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय