Comments Add Comment

एपीएफले जित्यो प्रधानमन्त्री कप महिला भलिबलको उपाधि

७ फागुन नेपालगन्ज। पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।सोमबार नेपालगन्ज कभर्डहलमा भएको फाइनल खेलमा एपीएफले शिवम् न्यू डायमण्ड एकेडेमीलाई ३-२ को सेटमा पराजित गरेको हो ।

शिवम् न्यू डायमण्डले पहिलो सेटमा २५-१२ सहज जित निकाल्दै राम्रो सुरुवात गरेको थियो । दोस्रो र तेस्रो सेटमा खेलमा र्फकदै एपीएफले २५-२१ र २५-१६ को जित निकाल्यो ।

चौथो सेटमा शिवम् न्यू डायमण्डले २५-२१ ले जितेर खेललाई २-२ को बराबरीको अवस्थामा पुयाएको थियो । रोमाञ्चक बनेको अन्तिम सेटमा भने दुई पटक शिवम न्यू डायमन्ड म्याच प्वाइन्टमा पुगेर चुकेपछि खेल एपीएफले १९-१७ ले जित्यो ।

रोमाञ्चक बनेको फाइनलमा शिवम् न्यू डायमन्डकी प्रतिभा मालीले एक्लैले ५४ अंक जोडेकी थिइन् । तर टिमले भने उपाधि जित्न सकेन । त्यसैगरी मञ्जु गुरुडले १८ अंक बनाइन् । एपीएफकी सरस्वती चौधरीले ३६ अंक जोड्दा नेबिका चौधरीले २१ अंकको योगदान दिएकी थिइन् ।

प्रतियोगितामा एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी, प्रतिभा उत्कृष्ट स्पाइकर, न्यू डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, उत्कृष्ट सेटर, न्यू डायमन्डकै कृपा अधिकारी, उत्कृष्ट सर्भर एपिएफकी नेबिका चौधरी र उत्कृष्ट ब्लकरमा एपिएफकी हिरा केसी पुरस्कृत भइन् ।

प्रतियोगिताको विजेता टोली एपिएफले २ लाख, उपविजेता न्यु डायमन्डले १ लाख, तेस्रो भएको नेपाल पुलिस क्लबले ५० हजार पायो । बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको विजयी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्ट, नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङलगायतले पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment