Comments Add Comment

कब्जियत छ ? त्यसो यस्तो खानेकुरा खानुपर्छ

गलत खानपान, वोसोयुक्त खानेकुराको सेवन तथा पानीको कम सेवनका कारण कब्जियतको समस्या हुने गर्छ ।

कब्जियत भएमा पेट सफा हुँदैन र पेटको फोहर बाहिर निस्कदा मलद्वारमा पिडा हुने गर्दछ ।

धेरैले कब्जियतलाई सामान्य रुपम लिन्छन् । तर समयमै उपचार नगरेको अवस्थामा आन्द्रा सम्बन्धी गम्भीर समस्या निम्त्याउने भएकाले समयमै सर्तक हुन जरुरी छ ।

शरीरमा रेशेदार तथा फाइबरयुक्त खानेकुराको कमी भएमा कब्जियत हुने गर्दछ । त्यसैले, हामीले सेवन गर्ने खानामा यस्ता खानेकुरा सामेल गर्न जरुरी छ, जसमा भरपूर मात्रामा फाइबर पाइयोस्, जुन यस प्रकार छ –

ओट्स

ओटमील तथा ओटको चोक्करमा पर्याप्त मात्रामा फाइबर रहेको हुन्छ । यसमा रहेको डायटरी फाइबरले पाचनतन्त्रलाई चुस्त दुरुस्त अवस्थामा राख्नमा मद्दत गर्छ ।

बिहान ग्यास, एसिडिटी तथा कब्जियतको समस्या हुने गर्छ । बिहानको नास्तामा ओट तथा ओटमीलको नियमित सेवनले यस्ता समस्याबाट चाडै छटकारा पाउन सकिन्छ ।

हरियो साजसब्जी

हरियो साजसब्जीमा पनि प्रशस्त मात्रामा फाइबर हुन्छ । यसको नियमित सेवनले कब्जियत तथा अपच जस्ता समस्या स्वत कम भएर जान्छ ।

विशेषगरी यस्ता हरिया साजसब्जीमा, पोटासियम, म्याग्नेसियम तथा आइरन जस्ता तत्व समेत पाइन्छ, जुन शरीरका लागि फादाजनक छ ।

केरा

रेशेदार केरामा भरपूर मात्रामा फाइबर रहेको हुन्छ । जुनसुकै मौसममा पनि पाइने केरामा पोटासियम, आइरन, लगायतका अन्य धेरै पोषकतत्व रहेको हुन्छ, जसले पाचन प्रकि्रया बढाउन मद्दत गर्छ ।

केरामा पेक्टिन नामक विशेष किसिमको फाइबर पाइन्छ, जसले खानाको कारण पेटमा हुनसक्ने गडबडीलाई रोक्छ ।

नाशपाती

नाशपातीको सेवन पनि पेटको लागि फाइदाजनक मानिन्छ । नाशपातीमा पनि भरपूर मात्रामा फाइबर हुन्छ । यसमा स्याउमा पाइने भन्दा आठ गुणा बढी सर्विटोल पाइन्छ । साथै , यसमा पनि पेक्टिन नामक तत्व पाइन्छ, जसले पेट सम्बन्धि समस्या हुनबाट जोगाउँछ । नाशपातीलाई जुसको रुपमा तथा पिसेको नुन, खुर्सानीसित चोपेर पनि खान सकिन्छ ।

जामुन

जामुनमा भरपूर मात्रामा फाइबर पाइन्छ । अर्थात झण्डै एक कप जामुनमा करिब आठ ग्राम फाइबर पाइन्छ ।

जसका कारण यसको सेवनले कब्जियत तथा कलेजो सम्बन्धि समस्या त हट्छ नै, यसको सेवनले शरीरमा कयौ किसिमको विटामिन तथा एन्टीअक्सिडेन्ट तत्वको प्रवाह गर्छ, जसले कयौ गम्भीर रोगहरुबाट समेत बचाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment