Comments Add Comment

आठौं राष्ट्रिय खेलकुदको मस्कटमा हात्तीको छावा

८ फागुन नेपालगञ्ज । आगामी वर्ष नेपालगञ्जमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, मस्कट, नारा र गीत सार्वजनिक गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले लोगो र जनावरको चित्र अंकित मस्कट सार्वजनिक गरेका हुन् ।

उनले एसियाकै ऐतिहासिक र ठूलो हात्ती बर्दिया राष्ट्रिय निकुञ्जमा रहेकोले हात्तीको छावालाई मस्कटका रुपमा राखिएको जानकारी दिए ।

आठौं राष्ट्रिय खेलकुदमा हात्तीको छावा आकृतिको मस्कटले ओलम्पिक दिप समाउँदै दौडिने छ ।

‘बर्दियामा पाइने एसियाकै ठूलो हात्तीको पहिचान गराउन र खेलकुदमा माध्यमबाट संरक्षणका लागि मस्कटमा हात्तीको छावा चित्र अंकित गरिएको हो । लोगोमा नेपालको राष्ट्रिय झण्डा, स्वयम्भुका आँखा, बौद्ध जन्मस्थल लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्जको गेट, सातवटा प्रदेशका प्रतीकका रुपमा सात रंगका प्वाखसहितको शान्तिको प्रतीक परेवा रहेको छ’ सदस्य सचिव विष्टले भने ।

उनले प्रतियोगिताले नेपालगञ्जलाई स्पोर्टस् सिटीका रुपमा पहिचान दिलाउने विश्वास व्यक्त गरे ।

‘यो प्रतियोगिता मध्यपश्चिम क्षेत्रकै खेलकुदको विकासमा ऐतिहासिक कडी हो, यसलाई भव्य तरिकाले सम्पन्न गर्नेछौं’ उनले भने, ‘छैठौं प्रतियोगितापछि सुदूरपश्चिमको खेल जगत मौलाएको थियो, आठौंपछि मध्यपश्चिम पनि खेल क्षेत्रमा निकै अब्बल सावित हुनेछ ।’

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी समितिका संयोजक तथा राखेपका सदस्य विनोद मैनालीले प्रतियोगितामा ३५ खेल समावेश गर्ने र तीमध्ये ४ वटा खेल बर्दियामा ७ वटा खेल दाङमा र बाँकी नेपालगञ्जमा हुने गरी भौतिक तथा पूर्वाधार निर्माणको तयारी तीब्र गतिमा अघि बढाएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment