सामान्य विषयमा झडप हुँदा डच एयरलाइन्सको विमान आकस्मिकरुपमा अवतरण गर्नेपरेको छ ।
दुबईबाट एम्सटर्डमका लागि उडेको डच एयरलाइनको जहाज हालै अष्ट्रियाको भियनामा आकस्मिक अवतरण गर्नुको कारण भने निकै रोचक छ ।
मध्य आकाशमा जहाज उडिरहेको बेला एकजना यात्रुले पादेको विषयमा विवाद हुँदा जहाजभित्र झडप भएपछि पाइलटले भियनामा आकस्मिक अवतरण गराउनु परेको हो ।
जहाजका एकजना यात्रुले पादेपछि दुर्गन्ध फैलिएको र सोही विषयमा जहाजभित्र विवाद भएको थियो । विवादले उग्र रुप लिएपछि हात हालाहालको अवस्था आयो ।
ट्रान्सेभिया एयरलाइन्सको एचभी ६९०२ नम्बरको उडानमा नेदरल्याण्डका दुइजना नागरिकले अर्का एकजना यात्रुका विषयमा गुनासो गरे । ती व्यक्तिले पादिरहँदा उनीहरुलाई सहनै नसक्ने गरी गन्हाएछ । पादिरहने व्यक्तिलाई पनि समस्या रहेछ र उनले चाहँदा चाहँदै पनि पाद नियन्त्रण गर्न सकिरहेका थिएनन् ।
तर पटक–पटक त्यसो नगर्न भन्दा पनि उनले पादिरहेपछि अरु यात्रुहरुलाई रिस उठ्यो । यही कारण झगडा पर्यो र पिटापिटको अवस्था आयो । जहाजभित्र झडपकै अवस्था आएपछि पाइलटले भियना विमानस्थलमा जहाजको आकस्मिक अवतरण गरे ।
जहाजको आकस्मिक अवतरण गरी जहाजभित्र झगडा गर्ने ४ यात्रुलाई बाहिर निकालियो ।
एजेन्सी
प्रतिक्रिया 4