Comments Add Comment

मध्यमाञ्चल र एपीएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा

१० फागुन, कैलाली । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफ र मध्यमाञ्चल सेमिफाइनलमा पुगेका छन् ।

बिहीबार भएका खेलमा जित हात पार्दै दुवै टोली अन्तिम चारमा पुगेका हुन् ।

पश्चिमाञ्चल दुवै खेलमा हार व्यहोरेर प्रतियोगिताबाट बाहिरिएपछि एक खेलमा जित हात पारेको घरेलु टोली सुदुरपश्चिमले पनि सेमिफाइनलको यात्रा तय गरेको छ ।

बिहीबार भएको पहिलो खेलमा समूह ए मा रहेको मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४४ रनले पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।
टस हारेर व्याटिङको निम्तो पाएको मध्यमाञ्चलले २० ओरभमा ४ विकेटको क्षतीमा ११३ रन बनायो ।

मध्यमाञ्चलका लागि सीता श्रेष्ठले ४५ बलमा ४९ रन बनाइन् । यस्तै कञ्चन श्रेष्ठले २४ र रोशनी बोहराले १० रनको योदान दिइन् ।

२० रनमै २ विकेट गुमाएर धरमराएको मध्यमाञ्चलको पारीलाई कञ्चन र सीताको ८२ रनको साझेदारीले सम्हालेको थियो ।

बलिङतर्फ पश्चिमाञ्चलकी कप्तान वर्षा रानाले १ विकेट लिइन् । ११४ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको पश्चिमाञ्चलले २० ओरभरमा ७ विकेट गुमाउँदै ६९ रन मात्रै बनाउन सक्यो ।

पश्चिमाञ्चलका लागि नीतु भण्डारीले १० र वर्षा रानाले ८ रन मात्रै बनाउन सके ।

पश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा अश्वीनी कर्माचार्य र आरती विराडीले समान २/२ विकेट लिइन् भने २ जना रन आउट भएका थिए ।

खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सीता श्रेष्ठ भइन् ।

पश्चिमाञ्चलले लगातार दोश्रो हार व्यहोरेपछि प्रतियोगिताबाट बाहीरिएको छ भने सोही समूहमा रहेको घरेलु टोली सुदुरपश्चिम लिगको एक खेल बाँकी रहँदै उद्घाटन खेलमा पाएको जीले सेमीफाइनलमा पुगेको हो ।

समूह विजेताका लागि अव सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलले भोलि प्रतिस्पर्धा गर्नेछन् ।

एपीएफको अन्तिम चारमा स्थान सुरक्षित

बिहीबारको दोश्रो खेलमा समूह बीमा रहेको एपीएफले पूर्वाञ्चललाई ४ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

टस जितेर व्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ६४ रन मात्रै बनाउन सक्यो ।

पूर्वाञ्चलका लागि कप्तान रुविना क्षेत्रीले २७ रन बनाउन बाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन् ।

क्षेत्री पहिलो पारीको अन्तिम बलमा स्टम्पिङ आउट भइन् । एपीएफकी सोनु खड्काले २ विकेट लिइन् ।

६५ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको विभागीय टोली एपीएफले निकै खराव सुरुवातका बीच ४ विकेटको जित दर्ता गर्न सफल भएको हो ।

पूर्वाञ्चलकी कप्तान क्षेत्रीको कसीलो बलीङका अगाडि एपीएफको पारी धरमराएको थियो ।

७ रनमै ५ विकेट गुमाएको एपीएफको पारी करुण भण्डारी र ममता चौधरीले छैठौ विकेटका लागि २२ रनको साझेदारी गरी सम्हालेकी थिइन् ।

सातौ विकेटका लागि भण्डारीसँग इन्दु बर्माले ३७ रनको साझेदारी गर्दै एपीएफले जित दर्ता गर्न सफल भएको हो ।

भण्डारी, चौधरी र बर्माले समान १६/१६ रनको योगदान दिइन् । पूर्वाञ्चलकी रुवीना क्षेत्रीले ३ विकेट लिए पनि आफ्नो टिमलाई जिताउन सकिनन् ।

खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच एपीएफकी करुणा भण्डारी भइन् ।

प्रतियोगिता अन्तरगत शुक्रवार पहिलो खेल पूर्वाञ्चल र मध्यपश्मिाञ्चल र दोश्रो खेल सुदूरपश्चिम र मध्यमाञ्चलवीच हुने छ ।

पूर्वाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको खेलमा विजयी हुनेले सेमीफाइनलमा स्थान सुरक्षित बनाउने छ ।

प्रतियोगिताको बिजेताले ५ लाख तथा उप-विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment