११ फागुन, काठमाडौं । सरकारले केन्द्रमा मन्त्रालयहरुको संख्या घटाएर १७ वटामा सीमित गरेको छ । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ सदस्यीय मन्त्रीमण्डल बन्ने छ ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यसअघि रहेका ३० वटा मन्त्रालयलाई १७ वटामा झार्ने निर्णय गरेको वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललार्इ नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4