Comments Add Comment

३० बर्षपछि गर्भवती बन्ने हो भने यसरी गरौं पूर्व तयारी

हामीकहाँ भनाई नै छ, बिस बर्षपछि बिहेवारी । यसको सामाजिक, आर्थिक, बैज्ञानिक अर्थ छ । २० बर्षपछि महिलाहरु बिवाहका लागि योग्य हुन्छन्, शारीरिक र मानसिक रुपले ।

तर, बिवाह गर्ने, आमा हुने समय आफ्नो तालिका अनुसार सबै ठिकठाक हुन्छ भन्ने छैन । कतिपयले बिवाह गर्दै निश्चित उमेर घर्किसकेको हुन्छ । कतिपयले अली चाडै बिहे गर्छन् । हाम्रो सामाजिक मान्यता के छ भने, बिहेपछि बच्चा जन्माउने ।

बच्चा जन्माउनका लागि पनि निश्चित उमेर समूह छ । कलिलो उमेरमा वा प्रौड भइसकेपछिको अवस्थामा बच्चा जन्माउनु उत्ति सुरक्षित मानिदैन । त्यसले बच्चा अस्वस्थ्य जन्मिने खतरा त हुन्छ नै, आमाको स्वास्थ्यलाई पनि हानी पुर्‍याउन सक्छ ।

बच्चा जन्माउनका लागि निश्चित समय तालिका मिलाउने प्रयास गरिन्छ । तर, विभिन्न कारणले त्यसमा तालमेल मिलिरहेको हुदैन ।

कतिले ३० बर्षको उमेरपछि फेमेली प्लानिङ गर्छन् । यदि त्यसो हो भने, केहि समयअघि नै आवश्यक तयारी गर्नुपर्छ । ३० बर्षको उमेरपछि फर्टिलिटी राम्रो बनिरहेको छ र प्रेग्नेन्सीको प्लान गरिरहेको छ भने, नतिजा राम्रो आउन सक्छ । यसको पूर्व तयारी कसरी गर्ने त ?

स्वास्थ्य खानपान गरौं

आफ्नो खानेकुरामा प्रजनन क्षमता बढाउने खानेकुरा बढाउनुपर्छ । सूर्यमुखीको बिज, एभोकाडो जस्तो मोनोअनसेचुरेटेड फ्याट र ताजा मौसमी फल खानुपर्छ । हरियो सागसब्जी खानुपर्छ । ओभ्युलेसन र पीरियड्स जस्ता महत्वपूर्ण कार्यका लागि शरीरमा सूक्ष्म पोषक तत्व वा माइक्रोन्यूटि्रएन्ट्स मिल्नुपर्छ । आफ्नो फलिक्यूलर चरणमा सब्जीको रस खानुपर्छ ।

घरेलु ट्रिटमेन्ट लिने

सौन्दर्य प्रसाधन प्रयोग गर्ने कुरामा पनि सर्तक हुनुपर्छ । किनभने रसायनयुक्त प्रसाधनको कारण प्रजनन क्षमतामा असर पर्न सक्छ । घरमा पाइने केहि सौन्दर्य र घरेलु उत्पादन केमिकल्स फ्रि हुन्छ । यस्तो घरेलु उत्पादन प्रयोग गरौं, जसले शरीरमा कुनै हानी गर्दैन ।

गर्भनिरोधक चक्की नखाने

जन्म निरोधक चक्की  खानुको बदलामा हर्मोन्सलाई सन्तुलन गर्ने उचित औषधी लिनुपर्छ । आफ्नो खानपान र जीवनशैलीमा परिवर्तन ल्याएर हर्मोनल असन्तुलन ठीक गर्ने प्रयास गरौं ।

फिजिकल फिट रहने

३० बर्षपछि आमा बन्ने महिलाका लागि शारीरिक व्यायाम एकदमै आवश्यक हुन्छ । त्यसैले नियमित व्यायाम गरौं । यसले शारीरिक तथा मानसिक रुपमा बलियो बनाउँछ ।

मदिरापानबाट टाढा रहने

यदि मद्यपान, धुमपान गरिरहेको छ भने त्यसलाई बन्द गरौं । किनभने यसमा रहेको हानिकारक तत्वले प्रजनन क्षमतामा असर गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment