Comments Add Comment

कागजमा पेन्सिलले लेखेर वैज्ञानिकले निकाले विजुली

अहिलेसम्म तपाइँले पानी, हावा, कोइला, वायोमास, परमाणु, भूताप इत्यादिबाट विजुली निकालेको बारेमा सुन्नुभएको वा देख्नुभएको थियो होला । तर अब चाहिँ  कागज र पेन्सिलबाटै बिजुली निस्किनेछ । वैज्ञानिकहरुले कागजमा पेन्सिलले लेखेर विजुली निकालेका छन् ।

जर्मन वैज्ञानिकहरुले यस्तो प्रविधिको विकाश गरेका छन्, जसले विद्युत तापीय प्रभावको प्रयोग गरी विजुली उत्पादन गर्दछ । यो सजिलो र अनौठो प्रविधि हो । यो वातावरणमैत्री प्रविधि पनि भएको बताइएको छ ।

यद्यपि, तापलाई विजुलीमा बदल्ने प्रविधि धेरै पहिलेदेखि नै प्रचलनमा रहेको छ । तर बर्लिनका वैज्ञानिकहरुले तापलाई विजुलीमा बदल्ने निकै सजिलो र अहिले सम्मकै नयाँ तरिका पत्ता लगाएका छन् । जसमा कागज, पेन्सिल र कन्डक्टर पेन्टको प्रयोग गरी विजुली निकाल्न उनीहरु सफल भए ।

विजुली उत्पादनको यो नविनतम प्रविधि कुनैप्नि वस्तुको थर्मोइलेक्ट्रिक प्रभावमा आधारित छ । जसमा दुई अलग अलग तापमान भएका धातुहरुलाई सम्पर्कमा ल्याउँदा विद्युत चार्ज पैदा हुन्छ । यसबाट कुनै प्रविधि वा प्राकृतिक प्रक्रियापश्चात् बचेको तापमानलाई आंशिक रुपमा विद्युतीय उर्जामा बदल्न सकिन्छ । यो प्रविधिलाई जर्मनीस्थित हेल्महोल्ज केन्द्रले विकशित गरेको छ ।

वैज्ञानिकहरुका अनुसार पावर प्लान्ट तथा घरमै प्रयोग गरिने विभिन्न मेसिनहरुबाट निस्कने तापक्रम खेर गैरहेको हुन्छ । अब यो प्रविधिको प्रयोगबाट उक्त तापक्रमलाई पनि विजुलीमा परिणत गर्न सकिनेछ ।

प्रयोगका दौरान वैज्ञानिकहरुले सेतो कागजमा मोटो गरी पेन्सिलको ग्राफाइटले कोरेर एएटा सानो क्षेत्रलाई छोपे । अनि त्यसमा को पोलिमर पेन्ट लगाए, जुन बिजुलीको सूचालक हो । कागजमा पेन्सिलले कोरिएको ठाउँले त्यसपछि विद्यूतीय चार्ज पैदा गरेको पाइयो जसरी महंगो नानो कम्पोजिटबाट पैदा गर्ने गरिन्छ । ग्राफाइटमा इन्डियम सेलेनाईड जोड्दा भोल्टेज झनै वृद्धि भयो ।

नानो कम्पोजिटले फरक फरक फ्रिक्वेन्सी पैदा गर्न सक्दछन् । वैज्ञानिक नर्बट निकेलका अनुसार पेन्सिलले कोर्दा कागजमा ग्राफाइटको सतह बन्दछ । यद्यपि त्यो बिजुलीको कमजोर सूचालक बन्दछ तर ताप भने सजिलैसँग प्रवाहित गरी भोल्टेज उत्पन्न गर्दछ ।

भविष्यमा यो प्रविधिलाई तामा लगायतका धातुलाई कागजमा प्रिन्ट गर्नमा प्रयोग गर्न सकिने वैज्ञानिकको भनाई छ । साथै सरीरको तापीय उर्जाको प्रयोग गरी विभिन्न ग्याजेटहरु र सेन्सरलाई चलाउन पनि यसको प्रयोग गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment