Comments Add Comment

३ घण्टापहिला श्रीदेवीको मृत्युको आभाष थियो अमिताभलाई ?

'न जाने क्यूँ, एक अजीब सी घरबराहट हो रही है ।'

‘न जाने क्यूँ, एक अजीब सी घरबराहट हो रही है ।

अमिताभ बच्चनले यस्तो ट्वीट गरेको ठीक तीन घण्टापछि हल्ला फैलियो, श्रीदेवीको मृत्यु भयो । अमिताभको मनमा अनौठो हलचल पैदा हुनु र लगत्तै श्रीदेवीको मृत्यु हुनु संयोगमात्र थियो ?

बलिउडमा भने यसको अनुमान के गरिदैछ भने, अमिताभ बच्चनलाई श्रीदेवीको मृत्युको आभाष पहिले नै मिलिसकेको थियो । त्यही कारण उनको मनमा हलचल पैदा भयो । उनले त्यसलाई लुकाइरहन सकेनन्, ट्वीटरमा व्यक्त गरे ।

उनले ट्वीट गरेको तीन घण्टा पनि बितेको थिएन, नराम्रो खबरले बलिउडमा सनसनी मच्यायो । खबर थियो, बैवाहिक समारोह मनाउन गएकी श्रीदेवीको दुबईमा हृदयघात भयो । हृदयघत मात्र भएको थिएन, उनको मृत्यु भइसकेको थियो । सुरुमा यो कुरा धेरैले पत्याएनन् । पछि विश्वस्त श्रोतले नै श्रीदेवीको मृत्यु भइसकेको कुरा पुष्टि गरिदिए ।

८० को दशकमा, जतिबेला श्रीदेवीको करियर उत्कर्षमा थियो, त्यसबेला उनलाई ‘लेडी अमिताभ बच्चन’को उपमाले पुकारिन्थ्यो । त्यसो त श्रीदेवीको परिवार र अमिताभको परिवारबीच फिल्मी सम्बन्ध मात्र छैन, उनीहरु आपसमा निकै घनिष्ठ मानिन्छन् ।

दुबईको बैवाहिक कार्यक्रममा बच्चन परिवार पनि सामेल भएर भारत फर्किएका थिए ।

अमिताभ र श्रीदेवीले चार फिल्ममा काम गरे । अमिताभ त्यसबेला सुपरस्टार थिए । तर, जब अमिताभको क्रेज ओह्रालो लाग्यो, त्यही बेला श्रीदेवी भने उचाईमा पुगिन् । त्यही कारण श्रीदेवीको नाम जीतेन्द्र, ऋषि कपुर र अनिल कपुरसँग जोडिएर चर्चामा आयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment