+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

भाजपा नेताको भनाइः केपी ओली प्रधानमन्त्री बन्नु सुखद

प्रवुद्ध समूहको बैठक सकियो, प्रतिवेदन सर्वस्वीकार्य बन्ने दाबी

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १३ गते १७:२६

१३ फागुन, काठमाडौं । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का उपाध्यक्ष भगतसिंह कोशियारीले केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बन्नु सुखद भएको बताएका छन् । नेपाली जनताले स्थानीय तहदेखि प्रतिनिधिसभासम्मको निर्वाचनमा परिपक्व निर्णय गरेको कोशियारीको टिप्पणी छ ।

निर्वाचनमा देखिएको सहभागिता र परिणामले प्रजातन्त्र नेपाली जनताको मनमा स्थापित भएको पुष्टि गरेको पनि कोशियारीले बताए ।

नेपाल-भारत प्रबुद्ध समूहको सातौं बैठकपछि आइतवार काठमाडौंको र्‍याडिसन होटलमा आयोजित पत्रकार सम्मेलनमा कोशियारीले भने, ‘प्रजातन्त्र नेपाली जनताको मनमा देखियो, स्थानीय तहदेखि प्रतिनिधिसभासम्म उनीहरुले जुन परिपक्वता देखाए, त्यो अभिनन्दनयोग्य छ ।’

प्रवुद्ध समूहका सदस्य कोशियारीले नेपाल र भारतबीच नयाँ ढंगबाट सम्बन्ध परिभाषित गर्न प्रवुद्ध समूह गठन हुँदा नेपालमा केपी शर्मा ओली नै प्रधानमन्त्री रहेको स्मरण गर्दै अहिले पुनः ओली नै प्रधानमन्त्रीका रुपमा आउँदा खुसी लागेको बताए ।

कोशियारीले भने- प्रवुद्ध समूह गठन गर्ने ओलीजी नै पुनः प्रधानमन्त्री बन्नु सुखद कुरा हो । नेपाली जनताले निर्वाचनबाट आफ्नो परिपक्वता प्रदर्शन गरेकाले उनीहरुलाई विशेष बधाइ छ ।

प्रवुद्ध समूहको प्रतिवेदन सर्वस्वीकार्य हुने

कोशियारीले प्रबुद्ध समूहले दिने प्रतिवेदन नेपाल र भारत दुवै देशका सबै सरोकारावालाहरुका लागि सर्वस्वीकार्य बनाइने समेत प्रष्ट पारे । भारतको भूमिकाबारे शंका भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनिकट मानिने नेता कोशियारीले आफूहरुले दिने प्रतिवेदन सबैलाई ग्राहृय हुने बताए ।

प्रबुद्ध समूहको बैठकमा सन् १९५० को सन्धी खारेज वा पुनरावलोकन गर्ने विषयमा पनि छलफल भइरहेको छ । त्यस्तै व्यापार, पानी, सीमा लगायतका दुई देशबीचका साझा सरोकारका विषयमा समान धारणा बनाउने क्रम अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सो अवसरमा नेपाली पक्षबाट प्रवुद्ध समूहका सदस्य डा.भेषवहादुर थापाले सबै विषयमा छलफल सकारात्मक रहेको बताए । उनले भने-ब्यापार, पानी, सीमाना,१९५० को सन्धीलगायत सबै विषयमा कुरा भएको छ । सकारात्मक बाहेक अरु कुरा केही भन्न सकिन्न ।

प्रबुद्ध समूहको आठौं बैठकले पूर्ण प्रतिवेदन तयार पार्ने सम्भावना छ । समूहलाई अब ५ महिनाको अवधि छ । यो अवधि ‘नन एक्स्टेन्डेबल’ अर्थात बढाउन नमिल्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?